Incident Reports

१५ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा काठमाडौंबाट एक पक्राउ

2022-09-14

Bagmati, Kathmandu, Tokha

नाबालिगमाथि बलात्कार गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ। काठमाडौंको टोखा नगरपालिका-१ बानियाँटार बस्ने २१ वर्षीय राजेश मगरलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइरालाले जानकारी दिए। उनलाई प्रहरीले बुधबार बिहान साढे ७ बजे बानियाँटारबाट पक्राउ गरेको हो। उनीमाथि १५ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप छ।  थप अनुसन्धान गर्न उनलाई जिल्ला प्रहरी परिसर ललितपुरमा पठाएको छ। १८ वर्षमुनिका नाबालिगमाथि सहमतिमै गरेको करणीलाई कानुनले बलात्कार मानेको छ।करणीसम्बन्धी कसूरको दफा २१९ को उपदफा २ मा भनिएको छ, ‘कसैले कुनै महिलालाई मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा उनले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ।’


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments