Incident Reports

हत्या घटनाका आरोपितहरु गिरफ्तार

2022-10-02

Madhes, Siraha, Mirchaiya, Ward 1

मिर्चैया नगरपालिका–१ की ६० वर्षीया गुब्दीदेवी साहलाई हत्या गरेको आरोपमा प्रहरीले ७० वर्षीय पति मङ्गल साह र ४० वर्षीय छोरा रामबाबू साहलाई असोज २८ गते गिरफ्तार गरेको छ । असोज १६ गते कर्जन्हा नगरपालिका–१० स्थित उखुबारीमा मृतकको शव हत्या गरिएको अवस्थामा भेटिएको र घटना अनुसन्धानबाट पति र छोराले घरायसी विवादका कारण हत्या गरेको खुल्न आएकोले गिरफ्तार गरी घटनाको थप अनुसन्धानका लागि असोज ३० गते म्याद थप गराएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी हरिबहादुर वलीले बताउनु भयो । शवको पोष्टमार्टम लहानस्थित प्रादेशिक अस्पतालमा असोज १६ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments