Incident Reports

युवतीमाथि सामूहिक बलात्कार l

2014-09-19

Lumbini, Dang, Lamahi

Gaman Singh Khadka दाङ । ०७१ असोज ३ गते १४ वर्षीया एक बालिकालाई सामूहिक बलात्कार गरेको उजुरी ०७१ असोज २ गते वडा प्रहरी कार्यालय लमहीमा परेको छ । नचिनेका दुई युवकले ती बालिकालाई भदौ ३० गते अर्नहवानजिकको जंगलमा सामूहिक बलात्कार गरेको उजुरी वडा प्रहरी कार्यालय लमहीमा परेको हो । ती युवाहरूको पहिचान भने हुनसकेको छैन । बालिकालाई बुटवलमा काम लगाइदिने प्रलोभनमा पारी लमही बजार ल्याउन सहयोग गरेकी गढवा-२ घर भई हाल सोनपुर-५ जखेरातालमा बस्दै आएकी ३४ वर्षीया रामकली डागी भट्टराईलाई ०७१ असोज २ गते प्रहरीले गिरफ्तार गरेको छ । ती महिलालाई मानव बेचविखन तथा ओसारपसार ऐन २०६४ अर्न्तर्गत मुद्दा दर्ता गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख इन्स्पेक्टर लक्ष्मणबहादुर शाहीले जानकारी दिएका छन् । बालिकालाई प्रलोभनमा पारी घरबाट बजार ल्याउने महिलासँग जबर्जस्ती करणीमा संलग्नहरूको पहिचानका लागिसोधपुछ गरिरहेका छौं'- इन्स्पेक्टर शाहीले भने । असोज १ गते पीडितहरू प्रहरी कार्यालयमा आएर किटानी जाहेरी दिएपछि प्रहरीले मुद्दा दर्ता गरेको हो । पीडितको स्वास्थ्य परीक्षण प्रथमिक स्वास्थ्य केन्द्र लमहीमा भएको थियो । गमनसिंह खड्का

0 Comments

Related Reports
Related Trend Analysis