Incident Reports

सामुहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार

2023-04-16

Bagmati, Nuwakot, Kispang, Ward 4

१५ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा पाँच जना आरोपितलाई प्रहरीले वैशाख ५ गते गिरफ्तार गरेको छ । किस्पाङ गाउँपालिका–५ सुकुटेखोलास्थित गोठमा बालिकालाई वैशाख ३ गते बलात्कार गरेको आरोपमा सोही वडाका १९ वर्षीय निर्मल तामाङ, २० वर्षीय अमृत तामाङ र १७ वर्षीय तीन जना बालकलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी तथा सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । आरोपितमध्ये निर्मल र तीन जना बालकलाई वैशाख ४ गते र अमृतलाई वैशाख ५ गते गिरफ्तार गरिएको डिएसपी खड्काले बताउनु भयो । आरोपितमध्ये निर्मलले सुकुटेपुलमा बालिकालाई भेट्न बोलाएको र उसका अन्य चार जना साथीसहित पाँच जनाले सामुहिक बलात्कार गरेको डिएसपी खड्काले उल्लेख गर्नुभयो । पीडितले बालिकाले जिल्ला प्रहरी कार्यालयमा वैशाख ४ गते उजुरी दिएकी थिइन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन त्रिशूली अस्पतालमा भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments