Incident Reports

पत्नीलाई चक्कु प्रहार गरी घाइते बनाएको घटनाका आरोपित गिरफ्तार

2023-05-12

Province 1, Terhathum, Phedap, Ward 3

फेदाप गाउँपालिका–४ सम्दुकी २३ वर्षीय तृसना राईलाई चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा ३२ वर्षीय पति मदन राईलाई प्रहरीले ०८० वैशाख ३० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले वैशाख २९ गते चक्कु प्रहार गरेर घाइते बनाएका र रोक्न खोज्दा ५० वर्षीया छिमेकी भिमकुमारी तुम्बाहाम्फे पनि घाइते भएको पीडित पक्षको आरोप छ ।

पीडितले आरोपितविरुद्ध वैशाख ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ । पीडितको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको र पीडित महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर छे फिन्जो भोटेले बताउनु भयो । पीडित महिलाको स्वास्थ्योपचार स्थानीय मेडिकलमा वैशाख ३० गते गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 2
Female Injured 2
Youth Injured 1
INSEC

0 Comments