Incident Reports

Five Charged with Rape Attempt of a Girl

2014-12-01

Province 1, Jhapa, Mechinagar, Ward 6

Jhapa,samuhik balatkaar prayas garne 5 janavirudh muddha darta. Jhapa/December 1 Area Police office, Kakarvitta has filed a case against five men, including two minors on charge of attempting to rape of a 13-year-old girl. The remand of the accused was extended for five days by district court, said ASI Nawa Raj Thapa of area police office. Man Lal magar, 23, Nischal Rai, 19, Sanil Rai, 19, and other two minors attempted to rape the victim on November 28 while she was returning home from her school, said ASI Rai. The victim was rescued by the locals after responding to her scream for help. Police had arrested all five accused for investigation after the victim's family lodged a complaint at area police office on November 28. The victim underwent health checkup at Mechi Zonal Hospital, Bhadrapur on November 29. Arjun Basnet झापा । ०७१ मङ्सिर १५ गते १३ वर्षीया एक बालिकालाई विद्यालयबाट घर फर्कदै गर्दा सामूहिक बलात्कार गर्न खोजेको आरोपमा बाहुनडाँगी गाविस-३ की पाँच जना युवाहरुविरुद्ध प्रहरीले ०७१ मङ्सिर १४ गते अदालतमा मुद्दा दर्ता गरेर अनुसन्धान प्रकृया सुरु गरेको छ । इलाका प्रहरी कार्यालय काकडभिट्टाले मुद्दा दर्ता गरेकाहरुमा बाहुनडाँगी गाविस- ४ का १७ बालक , २३ वर्षीय मनलाल मगर, १९ वर्षीय निश्चल राई , वडा- २ का १९ वर्षीय सनिल राई र मोरङ जिल्ला मधुमल्ला गाविस-७ का १७ वर्षीय बालक रहेका छन् । उनीहरूले ती बालिकालाई ०७१ मङ्सिर १२ गते दिउँसो ३.०० बजे स्थानीय पशुपति माविबाट घर फर्कने क्रममा बाटोमा एकान्त पारेर लडाइ बालिकाको कपडा खोलेर जबरजस्ती गर्न खोज्दा बालिका रोइकराइ गरेर चिच्याएकी थिइन् । त्यसपछि स्थानीयले पीडितलाई घट्नास्थलबाट उद्धार गरेका थिए । घटना भएकै दिन पीडित परिवारले इलाका प्रहरी कार्यालय काकडभिट्टामा उजुरी गरेका थिए । उजुरीपछि सबै आरोपितलाई सोही दिन प्रहरीले गिरफ्तार गरी घटनाको अनुसन्धान गरेको थियो । घटनामा उनीहरुको संलग्नता रहेको पत्ता लागेपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका असई नवराज थापाले वताए । पीडित बालिकाको स्वास्थ्य जाँच मेची अञ्चल अस्पताल भद्रपुरमा ०७१ मङ्सिर १३ गते भएको छ । अर्जुन बस्नेत

0 Comments

Related Reports
Related Trend Analysis