Incident Reports

घरघरमा मानवअधिकार शिक्षा पुर्‍याउन आयोग प्रतिबद्ध

2014-12-17

Nandaram Poudel राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले घरघरमा मानवअधिकार शिक्षा पुर्‍याउन आयोग प्रतिबद्ध रहेको बताइन् । राष्ट्रिय मानवअधिकार आयोग मानवबेचविखन विरुद्ध विशेष समाधीक्षकको कार्यालयद्वारा पुस २ गते तौलिहवामा आयोजना गरिएको मानवबेचविखन तथा ओसारपसार नियन्त्रण ऐन-२०६४ कार्यान्वयन र पुनरालोकन विषयक कार्याशालामा बोल्दै सदस्य अन्सारीले घरघरमा मानवअधिकार शिक्षा सञ्चालन गरी सबै नागरिकलाई मानवअधिकार विषयमा सचेत गराउने आयोगको रणनीति भएको जानकारी दिइन् । उनले र्सवाेच्च अदालतले कैद र जरिवाना भुक्तानी गर्न सक्रियाता देखाएपनि जबरजस्तीकरणी, मानवबेचविखनबाट पीडित, राज्यद्वारा मारिएका व्यक्तिले पाउने क्षतिपूर्तिका लागि अभियान अगाडि बढाउन आग्रह गरेकी छन् । कार्याशालामा सामाजिक न्याय तथा मानवअधिकार समिति सदस्य सभासद् सरावत खातुनले मानव बेचविखन जनचेतनाको कमी तथा गरिबीका कारण बढी हुने गरेको भन्दै मानवअधिकार शिक्षामा जोड दिइन् । जिल्ला न्यायाधीश अचुतराज भण्डारी, जिल्ला न्यायाधीवक्ता राजेश्वर अर्याल लगायतले मानवबेचविखनसम्बन्धी कानुनमा सुधार हुनु पर्ने सुझाव दिए । कार्यक्रममा लुम्बिनी अञ्चलका ६ जिल्लाका सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मी सहभागी थिए । नन्दराम पौडेल

0 Comments

Related Reports
Related Trend Analysis