Incident Reports

बलात्कार प्रयास गर्ने बालकलाई अढाइ वर्ष सुधारगृह पठाउने फैसला

2014-12-18

Province 1, Sunsari, Dewanganj

Shekhar Dhakal एक ६ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको ठहर गर्दै राजगञ्ज सिनवरी गाविसका एक १४ वर्षीय बालकलाई जिल्ला अदालत सुनसरीले पुस २ गते अढाइ वर्षसुधारगृहमा पठाउने आदेश गरेको छ । आरोपित बालकले ०७० माघ ८ गते बालिकालाई बलात्कार गरेको भन्दै बालिकाका हजुरबुवाले माघ १० गते इलाका प्रहरी कार्यालय देवानगञ्जमा उजुरी गरेका थिए । बलात्कारको अभियोगमा बालक विरुद्ध मुद्धा चलाइए पनि स्वास्थ्य परीक्षणको रिर्पोटले बलात्कार भएको पुष्टि नभएपछि बलात्कार प्रयासको ठहर गरेको अदालतले जनाएको छ । आरोपित बालकलाई विराटनगरस्थित बालसुधार गृहमा राखिएको छ । शेखर ढकाल

0 Comments