Incident Reports

बलात्कारको उजुरी गर्ने बाबुमाथि गोली

2014-08-27

Lumbini, Banke, Duduwa

बाँके, पुस १८ - सामूहिक रूपमा छोरीमाथि बलात्कार भएको प्रहरीमा उजुरी दिने बाबुमाथि बुधबार मध्यराति गोली प्रहार भएको छ । घरमै सुतिरेहका हिरमिनियाका कोरी थरका ६५ वर्षीय वृद्धमाथि हतियारधारी समूहले गोली हानेको प्रहरीले जनाएको छ । वृद्धको पेटमा गोली लागेको छ । गोली पेट छेडेर वारपार भएकाले स्वास्थ्य अवस्था चिन्ताजनक छ । उनको उपचार नेपालगन्जमा सम्भव नभएपछि कोहलपुरस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको छ । हिरमिनियाका किशोरी गत साउन २७ मा सामूहिक बलात्कृत भएको उजुरी प्रहरीमा दर्ता गरिएको थियो । जाहेरी दर्ता भएदेखि नै गाउँमै मिलाउने भन्दै फिर्ता लिन दबाब आइरहेको स्थानीयले बताए । दबाबकै कारण छोरी बलात्कृत भएको उजुरी दुई दिन ढिलो भएको उनीहरूले बताए । किशोरीको स्वास्थ्य परीक्षणपछि बलात्कृत भएको प्रमाण भेटिएपछि प्रहरीले उजुरी दर्ता गरी आरोपितको खोजी गरिरहेको थियो । 'त्यही बेलामा किशोरीका बाबुमाथि गोली प्रहार भएको छ । उनको पेटमा गोली लागेका कारण अवस्था चिन्ताजनक छ,' जिल्ला प्रहरीका डीएसपी सुशीलसिंह राठौरले भने, 'गोली प्रहार गर्ने व्यक्तिको पहिचान भइसकेको छ । उनीहरूलाई पक्राउका लागि प्रहरी परिचालन गरिसकेका छौं ।' छोरीलाई सामूहिक बलात्कार गरेको भन्दै वृद्धाले स्थानीय युवा महेश बर्मा, सुशील बर्मा र रामफेरन कोरीविरुद्ध जिल्ला प्रहरीमा जाहेरी दिएका थिए । त्यसलगत्तै उनीहरू गाउँबाट भागेका थिए । तर, छोरीलाई न्याय दिलाउन उजुरी दर्ता गरेका बाबुमाथि गोली प्रहार भएपछि स्थानीय बासिन्दा त्रसित छन् । प्रहरीले सुरक्षा दिन नसकेको स्थानीयको आरोप छ । सामूहिक बलात्कार घटनालाई गाउँमा दबाउन खोज्दा उक्त घटना भएको उनीहरूको गुनासो छ । 'सामूहिक बलात्कार भएको घटना दर्ता गरी आरोपीलाई पक्राउ गरेको भए उक्त घटना नहुन सक्थ्यो । तर, प्रहरीले ढिलाइ गर्दा आरोपीहरू फरार हुन सफल भए । अहिले पीडित किशोरीका बाबुमाथि गोली प्रहार भयो,' स्थानीय एक अगुवाले भने, 'आरोपीहरू आर्थिक अवस्थाले बलियो भएका र पहुँचवाला भएकाले गाउँमै मिल्ने बढी दबाब परेको थियो ।' घटनामा संलग्न भएको आशंकामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरी घटनाको अनुसन्धान थालेको छ । आरोपित युवाहरू अझै पनि फरार रहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Rape/sexual assault
Secondary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments