Incident Reports

बालिका बलात्कार आरोपित पुर्पक्षका लागि थुनामा

2014-12-23

 १० वर्षीया एक बालिका बलात्कार गरेको आरोपमा हिरासतमा रहेका प्राप्चा गाविस- ५ का ३२ वर्षीया फणिन्द्रबहादुर कार्कीलाई जिल्ला अदालत ओखलढुङ्गाले पुस २९ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश सुभासबाबु पुरीको इजालासले आरोपित कार्कीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वैद्यनाथ यादवले बताए । सिद्धिचरण नगरपालिका- ५ मा डेरा गरी बस्ने कार्की व्यवसायिक तथा सीप विकास तालिम केन्द्र ओखलढुङ्गाका सहायक कम्युटर अपरेटरसमेत हुन् । बालिका बसेकै कोठामा गई ०७१ पुस ८ गते राति बलात्कार गरेको आरोपमा प्रहरीले आरोपित कार्कीलाई पुस १० गते गिरफ्तार गरेर १२ गते जबरजस्ती करणी मुद्दा दर्ता गरेको थियो । बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल रुम्जाटारमा पुस १० गते गरिएको थियो । मुद्दा अदालतमा नबुझाउँदै बलात्कारको घटना आर्थिक चलखेलमा मिलाउन खोजेको सार्वजनिक भएको थियो । बालिकाको स्वास्थ्य परीक्षण प्रतिवेदनमा उल्लेख विषय सार्वजनिक भएको र काङ्ग्रेस नेताको दबावमा प्रतिवेदन फेरिएको भन्ने सार्वजनिक भएपछि महिला अधिकारकर्मीहरूले गम्भीर अनुसन्धान गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयमा ०७१ पुस १४ गते ज्ञापनपत्र बुझाएका थिए । शिवप्रसाद ढुङ्गाना
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments