Incident Reports

एसिड आक्रमणकारी प्रहरी नियन्त्रणमा, आज सार्वजनिक गरिँदै

2015-03-15

Bagmati, Kathmandu, Kathmandu, Ward 1

राजधानीको वसन्तपुरस्थित ट्युसन सेन्टरमा तीन छात्रामाथि तेजाब हमला गर्ने अपराधीलाई नियन्त्रणमा लिएको प्रहरीले दाबी गरेको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरी स्रोतले दिएको जानकारीअनुसार आक्रमणकारी जीवन विक रहेको बताइएको छ। प्रहरीले आज बिहान ११ बजे पत्रकार सम्मेलन गरेर आक्रमणकारी सार्वजनिक गर्ने जनाएको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट संगीता पुलामी मगरसँगको प्रेमसम्बन्धका कारण २२ वर्षीय जीवन विकले सो घटना घटाएको खुलेको हो। एसएलसी परीक्षाको तयारी गरिरहेका संगीता पुलामी मगर, सीमा बस्नेत र हेमु मुखर्जीलाई फागुन १० गते आइतबार बिहान साढे ६ बजे ट्युसन सेन्टरको कक्षाकोठामै छिरेर तेजाब छ्यापिएको थियो। तीन छात्रामध्ये गम्भीर घाइते भएकी संगीताको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ भने सीमा वीर अस्पतालमा उपचाररत छिन्। अर्की घाइते हेमु भने सामान्य रहेकाले उनी घरमा नै छिन्। संगीताले सिनामंगलस्थति काठमाडौं मेडिकल कलेजबाटै एसएलसी दिइरहेकी छन् भने वीर अस्पतालमा उपचाररत सीमाले पनि अस्पतालबाटै एसएलसीमा सहभागी भइरहेकी छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 2
Female Injured 2
Youth Injured 2
National/Online Media

0 Comments