Incident Reports

जर्वजस्तीकरणी आरोपीलाई १३ बर्ष कैद सजाय

2013-10-01

Lumbini, Banke, Kohalpur, Ward 11

जिल्ला अदालत बाँकेले जर्वजस्तीकरणी मुद्दाका दुई आरोपीलाई १३ वर्ष कैद सजायको फैसला गरेको छ । दुई वर्षअघि नेपालगन्जमा १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्ने दुई आरोपीलाई १३ वर्ष कैद र जनही एक/एक लाख रुपैँया फैसला गरेको हो। जिल्ला अदालतका न्यायधीश हरिप्रताप केसीको एकल इजालसले बलात्कारका आरोपित इन्द्रपुर–९ का अरुणपालसिँह ठकुरी र काशीराम कोरीलाई उक्त सजायको फैसला गरेको हो । अर्का बलात्कारी आरोपित सुरेशसिँह राठौर भने फरार छन् । २०७० कार्तिक १५ गते नेपालगन्जको धम्बोजीनजिक १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको ठहर गर्दै हदैसम्मको सजाय र क्षतिपूर्ती भराउने फैसला भएको छ । साथीसंग मोटरसाइकलमा जाँदै गर्दा ती किशोरी सामूहिक बलात्कारको सिकार भएकी थिइन्, आइतबार अदालतको फैसलाले हदैसम्मको सजाय र जरिवानाको व्यवस्था गरिएको जिल्ला अदालतका श्रेस्तेदार आत्मदेव जोशीले बताए । 'साथीसंगै मोटरसाइकलमा यात्राका क्रममा साथीलाई नियन्त्रणमा लिई ती किशोरीलाई तीनै जनाले विभत्स रुपमा सामूहिक बलात्कार गरेको ठकर गर्दै सजाय र जरिवाना फैसला गरिएको हो,' उनले भने । फैसला सुनाएका ठाकुर र कोरीलाई जर्वजस्तीकरणी गरेको ठहर गर्दै आठ बर्ष कैद र सामूहिक रुपमा जर्वजस्तीकरणीको महल ३ (क) बमोजिम थप पाँच वर्ष गरी १३ वर्ष कैद सजाय र क्षतिपूर्ती वापत एक÷एक लाख रुपैँया पीडितलाई भराइदिन फैसला भएको श्रेस्तेदार जोशीले बताए। मुलुकी ऐन ११ औँ संशोधन २०५९ अनुसार १६ वर्षदेखि २० वर्ष उमेर सम्मको महिला बलात्कार आरोपितलाई पाँच बर्षदेखि हदैसम्म आठ बर्षको जेल सजायको व्यवस्था अनुसार आठ बर्ष फैसला भएको हो । यस्तै अशक्त, अपाङ्गता भएकालाई बलात्कार गरे वा सामूहिक बलात्कार ठहर भए थप पाँच वर्ष सजाय हुने कानूनी व्यवस्था अनुसार १३ वर्ष सजाय व्यवस्था भएको हो । उक्त मुद्दामा नेपाल सरकार वादी तर्फबाट जिल्ला न्यायधीश सुशील देवकोटाले बहस गरेका थिए । सामूहिक बलात्कारका पीडकको पीडितको साथबाट २५ हजार पाँच सय मूल्य बराबरको सुनको सिक्री, औठी, मोबाइलसमेत चोरेको आरोपमा २०७० मंसिर ११ गते अदालतमा अभियोग दायर भएको थियो । सजाय सुनाएका ठाकुरलाई पक्राउपछि २०७० मंसिर १३ गते अदालतको आदेशले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो । यस्तै २०७१ माघ २२ गते पक्राउ परेका कोरीलाई माघ २२ गते अदालतको आदेशमा पुर्पक्ष थुनाकालागि कारागार चलान गरिएको थियो । सामूहिक बलात्कारीका आरोपिलाई हदैसम्म १३ वर्ष सजाय र पीडिकतलाई क्षतिपूर्र्तिवापत जनही एक÷एक लाखका दरले दुई लाख रुपैँया भराउने फैसलाले पीडित र उनको परिवारमा न्यायको महसुश भएको अदालतका श्रेस्तेदार जोशीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments