Incident Reports

दाङमा फेरि भेटियाे मानव कंकाल

2015-08-03

Lumbini, Dang, Lamahi

दुई महिनापछि दाङमा फेरी मानव कंकाल फेला परेको छ। देउखुरीको लमहीदेखि उत्तरमा पर्ने जंगलमा सोमबार कंकाल फेला परेको हो। योसहित गएको एक वर्षमा दाङमा ४ मानव कंकाल फेला परिसकेका छन्। वडा प्रहरी कार्यालय लमहीका अनुसार सोमबार भेटिएको कंकाल ललितपुर जिल्लाका कृष्ण घर्तीको भएको पहिचान भैसकेको छ। शव पुरै गलिसकेको भएपनि पोशाकका आधारमा पहिचान गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक लक्ष्मणबहादुर शाहीले बताए । लमही ससुराली भएका घर्ती एक महिनाअघि घरबाट निस्केका थिए। लमहीका लागि भनेर घरबाट हिँडेका उनी ससुराली नपुगेपछि परिवारका तर्फबाट प्रहरीमा उनको हुलियासहित खबर गरिएको थियो। सोमबार बिहान च्याउ खोज्न गएका स्थानीयले सडेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थल पुगेका प्रहरी निरीक्षक शाहीले शव पुरै गलिसकेका कारण आफूहरुले पाएको हुलियाका आधारमा कपडाबाट चिन्न सफल भएको बताए। परिवारले पनि पोशाकका आधारमा घर्तीकै कंकाल भएको स्वीकारेको छ। 'पोशाकका आधारमा शवको पहिचान भयो,' प्रहरी निरीक्षक शाहीले भने, 'शव त पुरै गलेर चिन्नै नसकिने अवस्थामा थियो।' प्रहरीले घर्तीले आत्महत्या गरेको हुन सक्ने आशंका गरेको छ। जिल्लाको देखउरी क्षेत्रमा पर्ने घना जंगलमा २०७१ साउन ४ गते सतवरियास्थित खहरे खोलामा एक युवतीको कंकाल फेला परेको थियो। उक्त कंकाल स्थानीय युवति हेमा चौधरी रहेको प्रहरी अनुसन्धानका क्रममा पत्ता लागेको थियो । विवाह गर्ने भन्दै देउखुरीका शिवप्रसाद चौधरीले आफ्ना साथीको सहयोगमा अपहरण गरी हेमाको हत्या गरेका थिए । लामो प्रेम सम्बन्धपश्चात विवाह गर्न दवाव दिएकी हेमालाई उनीहरुले विवाह गर्ने भन्दै जंगलमा लगेर हत्या गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको थियो । हत्या भएको ४५ दिनपछि सतवरियास्थित खोलामा हेमाको कंकाल फेला परेको थियो । हेमाको हत्यामा संलग्न दुवैजना अहिले कारागारमा सजाय काटिरहेका छन् । यसैगरि गत चैत ३० गते लमहीदेखि उत्तरतर्फको जंगलमा अर्को मानव कंकाल भेटियो । शव पुरै गलिसकेको अवस्थामा फेला परेको उक्त कंकाल कस्को भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन। घटनास्थलमा लामा रौँ फेला परेकाले उक्त कंकाल महिलाको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

जेठ २० गते सोही जंगलमा फेरी अर्को कंकाल भेटिएको थियो। कंकाल छेउमै फेला परेको बसको टिकटका आधारमा उनको नाम भने खुलेको थियो। उक्त टिकटमा बुटवलदेखि लमहीसम्मको यात्रासहित यात्रुको नाम बलवहादुर थापा उल्लेख थियो। प्रहरीले उनको ठेगानाका बारेमा अनुसन्धान गर्न खोज्दा पाल्पाका भन्ने सूचना पाए पनि सम्बन्धीत कोही सम्पर्कमा नआएको शाहीले बताए। 'पाल्पाको भन्ने सूचना पाएपछि हामीहरुले पाल्पाका एफएम रेडियोहरुबाट पनि सूचना प्रसारण ग¥यौं।,' शाहीले भने, 'तर कोही सम्पर्कमा आएनन्।' एक वर्षमा भेटिएका कंकालमध्ये एउटाको मात्रै हत्या पुष्टि भएको छ। बाँकी तीन कंकालको अहिलेसम्म न त पहिचान भएको छ, न मृत्युको कारण नै खुलेको छ । प्रहरी भन्छ, 'यस्ता कंकाल हत्या र आत्महत्याकै कारण जंगलमा बेवारिसे बनेका हुन्।' देउखुरीमै कंकाल भेटिइरहनुको कारण भने घना जंगल हुनुलाई मानेको छ। घना जंगल भएकै कारण आत्महत्या वा हत्याका घटना जंगलमै हुने र जंगलमा बेवारिसे रहने शव कंकालमा परिणत हुने प्रहरी निरीक्षक शाहीले वताए । उनका अनुसार हत्याराले जंगलमा लगेर फालिदिएपछि प्रमाण रहन्न भन्ने मनसायले हत्याराहरुले जंगलनै प्रयोग गर्ने गरेको बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments

Related Reports