Incident Reports

मोतीलाल बहुमुखी क्याम्पसमा तालाबन्दी

2015-08-04

रामनगर-२ बडेरास्थित मोतीलाल बहुमुखी क्याम्पसमा विद्यार्थीले तालबन्दी गरेका छन् । क्याम्पस प्रशासनको लापरबाहीले ८ जना विद्यार्थी परीक्षा दिनबाट बञ्चित भएको भन्दै अनेरास्वियु मोतिलाल बहुमुखी क्याम्पस कमिटीले क्याम्पसको प्रशासन र लेखा शाखामा मंगलबार तालाबन्दी गरेको हो । बिबिएस प्रथम वर्षमा अध्ययनरत ८ जना विद्यार्थी परीक्षाको रजिष्ट्रेसन फर्म भर्नबाट बञ्चित भएपछि आक्रोसित विद्यार्थीहरुले तालाबन्दी गरेका थिए । उच्च माध्यमिक तह उत्तीर्ण भएको १० महिना पुरा गरेपछि मात्रै बिबिएस प्रथम बर्षको परीक्षामा समेल हुने पाउने त्रिभुवन विश्वविद्यालयको परिपत्रका आएकोले क्याम्पस प्रशासनले फर्म भर्न दिएको थिएन । परिपत्रका कारण विद्यार्थीहरु परीक्षामा सामेल हुन् नपाउने भन्दै क्याम्पसले रजिष्टेसन फर्म नभरेपछि विद्यार्थीहरु आन्दोलित भएका छन् । फर्म भर्नबाट बञ्चित विद्यार्थीहरुमा क्रमश पूजा लामिछाने, अम्बिका भट्ट, रीना चौधरी, भीमा भुसाल, अन्जना थापा क्षेत्री, पुनम काफ्ले, दुर्गादेवी घताने र सीमा तिवारी रहेका छन् । उनीहरुले शैक्षिक सत्रको शुरुमा भर्ना लिने तर अन्तिम समयमा आएर परीक्षामा सहभागी हुन् पाउदैनौं भन्दै क्याम्पस प्रशासनले गैर जिम्मेवारीपन देखिएको आरोप लगाएका छन् । विद्यार्थीले एमाले निकट अनेरास्वियु क्याम्पस कमिटीका अध्यक्ष तुलसीराम भण्डारी, जिल्ला सम्मेलन आयोजक कमिटी सदस्य ओम प्रकाश गिरीको उपस्थितिमा तालबन्दी गरेका हुन् । अन्य क्याम्पसहरुले शुरुमै भर्ना नलिएका विद्यार्थीलाई परीक्षामा सामेल गराउँछौं भन्दै भर्ना गर्ने र अन्तिम समयमा परीक्षामा सामेल हुन पाउदैनौं भन्ने क्याम्पस प्रमुख श्यामप्रसाद न्यौपानेको राजिनामा समेत विद्यार्थीहरुले मागेका छन् । यता क्याम्पस प्रमुख न्यौपानेले भने त्रिभुवन विश्वविद्यालयको नयाँ परिपत्रका कारण विद्यार्थीहरु परीक्षामा सामेल हुन् नपाएको बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Others
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people 8
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports