Incident Reports

सरकारी कार्यालय र सवारी साधन तोडफोड

2015-08-16

Madhes, Parsa, Birgunj

नेकपा–माओवादीसहित केही जनजाति र मधेशी केन्द्रित दलहरुले आह्वान गरेको बन्दका क्रममा वीरगञ्ज र बाराका केही सरकारी कार्यालय र सवारी साधनमा तोडफोड गरेका छन् । बन्दको उल्लंघन गरेको भन्दै नेपाल सदभावना पार्टीका कार्यकर्ताहरुले वीरगन्ज सिर्सिया ड्राइपोर्टमा रहेको भन्सार कार्यालयको कर्मचारी ओसार्ने बा १ ग २२६० नम्बरको मिनी बस तोडफोड गरेका छन् । त्यस्तै बाराको कलैयामा बन्दकर्ताहरुले मालपोत कार्यालयमा तोडफोड गर्नुका साथै एउटा मोटरसाइकलमा आगजनी र दुइ वटा मोटरसाइकल तोडफोड गरेका छन् । बन्दको अवज्ञा गरेर कार्यालय खोलेको भन्दै मधेश केन्द्रित दलका कार्यकर्ताहरुले मालपोत कार्यालयको ढोकामा तोडफोड गर्नुका साथै मालपोत कार्यालय परिसर भित्र रहेको मालपोत कार्यलयकै ना १ प १६९५ नम्बरको यमाहा कम्पनीको वाइबिएक्स मोटरसाइकलमा आगजनी गरेका हुन् । यस्तै भरतचोकमा जिल्ला विकास समितिको नम्बर खुल्न नसकेको एउटा र अर्को ना १० प ३५३५ नम्बरको गरी दुई वटा मोटरसाइकलमा तोडफोड गरेको बारा प्रहरीले जनाएको छ । बन्दले मध्य तराइको जनजीवन ३१ साउन विहानदेखि प्रभावित भएको छ । बन्दकर्ताले वीरगञ्ज भन्सार नाका साथै वीरगन्ज पथलैया औद्योगिक करीडोरका अधिकांश उद्योगहरु समेत बन्द गराएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Adivasi/Janajati , CPN (Maoist Center) and affiliated org , Madhes-based Parties , Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Totally damaged Vehicles 3
National/Online Media

0 Comments