Incident Reports

गुल्मी बन्द फिर्ता

2015-08-17

Lumbini, Gulmi, Resunga, Ward 14

बन्दको दोस्रो दिन गुल्मीमा भने बन्द फिर्ता भएको छ । वैद्य नेतृत्वको नेकपा–माओवादीसहित केही जनजाति र मधेशकेन्द्रित दलले आह्वान गरेको दुई दिने नेपाल बन्दको दोस्रो दिन स्थानीय साउने मेलालाई ध्यानमा राखी बन्द फिर्ता लिइएको नेकपा–माओवादी गुल्मीका इन्चार्ज बीरबहादुर कार्कीले बताए । गुल्मीको रेसुङ्गामा जारी एक महिने साउने मेला ३२ साउनमा समापन हुने भएकाले यस दिनको महत्वलाई ध्यानमा राखि बन्द फिर्ता लिएको उनले जानकारी दिए । रेसुङ्गामा लाग्ने एक महिने साउन मेलामा जिल्ला र वरपरका विभिन्न भागबाट आएकाहरु फर्किने हुँदा रुरु रेसुङ्गा तथा पर्यटन विकास समितिले बन्द फिर्ता गर्न आग्रह गरेको थियो ।
National/Online Media

0 Comments