Incident Reports

बन्दकर्ताले भारतीय गाडी जलाए

2015-08-17

वैद्य माओवादी, जनजाति र केही मधेसी दलले गरेको बन्दको दोस्रो दिन काठमाडौंको कालिमाटीमा भारतीय नम्बर प्लेटको गाडी जलाइएको छ। बन्दकर्ताहरुले बीआर ०६ पी ३९८० नम्बरको गाडी कालीमाटीमा आगजनी गरेका हुन्। बन्दकर्ताले चक्रपथमा गुड्ने एक यात्रु बसलाई बल्खुमा रोकेर तोडफोड गरेका छन्। प्रहरीले बन्द गराउँदै हिँड्ने ३० बढी नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ। बन्द गराउँदै हिँडेका तराई मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री दिपेन्द्र सोनलसहित १५ जनालाई पक्राउ गरेको छ। त्यसैगरी जबरजस्ती बन्द गराउँदै हिँडेका संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष् राजेन्द्र श्रेष्ठसहित १३ जनालाई न्युरोडबाट प्रहरीले गिरफ्तार गरेको छ। संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य अजम्बर राई काङमाङले बन्दकर्तामाथि प्रहरीले क्रुर दमन गरेको आरोप लगाए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments