Incident Reports

समाजवादी फोरमका सहअध्यक्ष र महासचिवसहित ४ दर्जन बढी पक्राउ

2015-08-17

Bagmati, Kathmandu, Kathmandu

वैद्य नेतृत्वको नेकपा-माओवादीसिहत, सङ्घीय समाजवादी फोरम, नेपाल लगायतका राजनीतिक दलहरुको आह्वानमा गरिएको बन्दमा नेपाल बन्द गराउँदै हिँडेका समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ सहित २० जना भन्दा बढी नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ। जुद्धशालिक, विसालबजारबाट उनीहरूलाई नियन्त्रणमा लिएको समाजवादी फोरम नेपालले जनाएको छ। अन्य पक्राउन पर्नेहरुमा ससफो केन्द्रीय सदस्य लालबहादुर तामाङसहित परिवर्तन भट्टराई, राजेन्द्रप्रसाद खनाल, सुभास लाबुङ, केशव चाम्लिङ, सरिता राई, देव लाबुङ लिम्बु, धनबहादुर तामाङ, चन्द्रदिप राई, सरोज थापा मगर, नेम्बर राई, तिलक लिम्बु, रमण राई, भावुक यज्ञ राई लगायत छन्। पक्राउ गरिएका उनीहरूलाई प्रहरी तालिम केन्द्रमा राखिएको छ। श्रेष्ठ लगायत नेताहरू हिजो पनि पक्राउ परेर बेलुका छुटेका थिए। त्यसैगरी विजुली बजारबाट समाजवादी फोरमका महासचिव रामसहायप्रसाद यादव, केन्द्रीय सदस्यहरु सुशिला श्रेष्ठ, निर्मला यादव र पूर्णबहादुर बस्नेत र तमलोपाका सहमहामन्त्री जितेन्द्र सोनल लगायत १६ जना पक्राउ परेका छन्। त्यसैगरी भेडासिङ्गबाट ससफो काठमाडौं जिल्ला अध्यक्ष मनरत्न शाक्य सहितको ९ जना नेता तथा कार्यकर्ताहरुलाई पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा ड्यास माओवादीका केन्द्रीय सदस्यहरु सुरेश श्रेष्ठ र रविन्द्र श्रेष्ठ, रोहित थापा मगर र आशा महत र संयुक्त राष्ट्रवादी समाजवादीका महासचिव शंकरलाल श्रेष्ठ छन्। सत्तारुढ कांग्रेस–एमाले र एमाओवादी–फोरम लोकतान्त्रिकले अगाडि सारेको नेपालको संविधान–२०७२ को मस्यौदाले पहिचान र संघीयतालाई संस्थागत गर्न नसक्ने र विगतका आन्दोलनहरुबाट प्राप्त उपलब्धीहरुलाई संस्थागत नगर्ने दिशातिर सत्तापक्षहरु देखिएकाले त्यसको विरुद्धमा नेपाल बन्द आह्वान गरिएको उनीहरूले जनाएका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 100
Actor 2 - Affiliation (Target) Other/multiple/unspecified political affiliation
Actor 2 - Youth na
National/Online Media

0 Comments