Incident Reports

दोस्रो दिनको बन्दले पूर्वको जनजीवन कष्टकर

2015-08-17

Madhes, Siraha, Lahan

चार दलले गरेको प्रदेशको सीमांकन विरुद्ध मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सहित जनजाती र मधेसकेन्द्रीत दलहरु संयुक्त रुपमा आह्वान गरेको बन्दको आज दोस्रो दिन पनि पूर्वको जनजीवन कष्टकर बनेको छ। बन्दकर्ताहरूले सडक छाडेका छैनन्। पूर्वपश्चिम राजमार्ग पूर्ण रूपमा ठप्प छ। सुनसरी, सप्तरी, सिरहा लगायतका जिल्लास्थित राजमार्गमा बढी बन्दकर्ताहरु देखिन्छ। कतिपय ठाउँमा बन्दकर्ताहरुले त्रिपाल टाँगेर राजमार्ग अवरुद्ध गरेका छन्। लहानमा बन्दकर्ताहरू गएराति राजमार्गमै रात विताए। पूर्वका जिल्लाहरुमा पर्ने बजार, उद्योग, कलकारखाना र विद्यालयहरू पनि पूर्ण रुपमा बन्द छन्। यहाँका सरकारी कार्यालयहरू खुलेपनि सेवाग्राही भने देखिएका छैनन्। पूर्वका लहान, ईटहरी, धरान, विराटनगर लगायतका बजार सुनसान छन्। ठूला सवारी साधन चल्न नदिएपछि मोटरसाइकलको प्रयोग बढेको छ। अन्य दिनको तुलनामा राजमार्गमा तेब्बर बढी मोटरसाइकल गुडिरहेको अनुमान छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Adivasi/Janajati , CPN-M (Baidya) , Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments