Incident Reports

अन्नपूर्ण पोस्ट्को कार्यलयमा आक्रमण

2015-08-19

Bagmati, Kathmandu, Kathmandu

राष्ट्रिय दैनिक अन्नपूर्ण पोस्ट्को तीनकुनेस्थित कार्यलय कर्पोरेट टावरमा आक्रमण भएको छ। बुधबार राति एक समूहले अन्नपूर्ण कार्यलय रहेको भवनको अगाडितर्फको शिसा फुटाएका छन् । सुरक्षागार्डका अनुसार करिब साढे नौ बजे चारपाँच जनाको समूहमा आएका उनीहरुले एक्कासी ढुंगा प्रहार गरेर भागेका थिए । प्रहरीले घटनास्थलको निरीक्षण गरेर क्षतिको विवरणसहित मुचुल्का तयार गरेको छ। तीनकुनेस्थित महानगरीय प्रहरी वृत्तका प्रमुख दानबहादुर कार्कीले घटनाबारे प्रारम्भिक जानकारी लिने काम भएको र आक्रमणमा संलग्न व्यक्तिहरुको खोजी भइरहेको बताए। आक्रमणबाट भवनको अगाडितर्फको भागमा ठूलो प्वाल परेको छ। शिसाका टुक्राहरु कार्यलयभित्र छरिएका थिए। रातको समयमा बजार विभागमा कर्मचारी कोही नभएकोले कसैलाई केही नभएको कार्यलयले जनाएको छ। थप आक्रमणको धम्की दिइएकोले अन्नपूर्ण कार्यलयमा सुरक्षाका लागि प्रहरी खटिएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Others
Actor 1 - Number of people 4-5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
National/Online Media

0 Comments