Incident Reports

सशस्त्र प्रहरीको लुम्बिनी बेसक्याम्पमा आक्रमणको प्रयास

2015-08-22

Lumbini, Rupandehi, Tillotama

आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले सशस्त्र प्रहरी बल लुम्बिनी बेसक्याम्पमा शनिबार बेलुका आक्रमणको प्रयास गरेका छन् । बुद्ध जन्मस्थल लुम्बिनीदेखि झण्डै सात किलोमिटर टाढा नेपाल–भारत सीमा क्षेत्रमा रहेको कालिदहस्थित सशस्त्रको क्याम्पमा आक्रमण गर्न थालेको सूचना पाएर थप सुरक्षा बलका लागि पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीलाई आन्दोलनकारीले बाटोमा अवरोध गरेका थिए । नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक महेन्द्र खड्का र सशस्त्र प्रहरी बल लुम्बिनी बेसक्याम्पका प्रमुख भरत कोइरालासहितको टोलीलाई सडकमा गाडी तेर्स्याएर उनीहरुले अवरोध गरेका थिए । अवरोध हटाउँदै कालिदह पुगेर फर्केको टोलीमाथि प्रदर्शनकारीले ढुङ्गामुढा प्रहार गरेपछि समान्य बल प्रयोग गर्नु परेको सशस्त्र प्रहरी बल लुम्बिनी बेसक्याम्पका प्रमुख प्रहरी नायब उपरीक्षक कोइरालाले बताउनुभयो । त्यस्तै प्रदर्शनकारीहरु एकाएक लुम्बिनी विकास कोषको दक्षिण क्षेत्रमा रहेको ६ नम्बर ढोकाभित्रको सशस्त्रको क्याम्पमा आक्रमण गर्न पुगेका थिए । प्रहरीमाथि ढुङ्गा र बोतलले आक्रमण गर्दै क्याम्पभित्र प्रवेश गर्ने प्रयास गरेपछि प्रहरीले केही सेल अश्रुग्यास र हवाई फायर गर्नुपरेको थियो । घटनाका सम्बन्धमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले आन्दोलनरत पक्षसँग शनिबार दिउँसो प्रशासनमा भएको समझदारीको सूचना समयमै आन्दोलनकारीले नपाउँदा लुम्बिनीमा केही तनावको अवस्था आएको बताउनुभयो । यसअघि प्रशासन र आन्दोलनकारीबीच प्रदर्शनलाई शान्तिपूर्ण बनाउने समझदारी भएको उहाँको भनाई छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons Blunt weapon
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) APF
Actor 2 - Youth na
National/Online Media

0 Comments