Incident Reports

एसएसपीसहित सात सुरक्षाकर्मीको हत्या, २० प्रहरी, २१ सशस्त्र बल घाइते

2015-08-25

ले भने, एकाएक आएर हतियार प्रयोग गरि आक्रमण भएको उनले बताए। घाइते प्रहरी र सशस्त्र प्रहरीको टीकापुर अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका २ र सशस्त्र प्रहरीका ३ जना गम्भीर घाइते रहेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए। थरुहट अगुवाले प्रहरीले दमन गरेकाले प्रदर्शकारीले प्रतिकार गरेको बताएका छन्। आन्दोलनमा घुसपेठ भएको पनि उनीहरुले प्रतिक्रिया दिएका छन्। थरुहट–थारुवान संयुक्त संघर्ष समिति, कैलालीका सचिव माधव चौधरीले टीकापुर नगरपालिका कार्यालयमा स्वायत्त थरुहट सरकार लेखेको साइन बोर्ड टाँस्ने कार्यक्रममा प्रहरीले दमन गरेकाले प्रदर्शनकारीले आत्मरक्षाका लागि घरेलु हतियार प्रयोग गरेको बताए। 'सुनियोजित रुपमा प्रहरीमाथि आक्रमण गर्ने योजना थिएन। प्रदर्शनमा आएका जनता थरुहट पक्षकै हुन्,' उनले भने, 'सुनियोजित रुपमा र घुसपेठ भएको भन्ने हामी भन्न सक्तैनौं।' घटनास्थल गाउँनजिकै भएकाले घरेलु हतियार प्रयोग गरेको उनले स्विकारे। 'थरुहट पक्षका पनि तीन जनाको मृत्यु भएको छ,' उनले भने, 'नाम खुल्न सकेको छैन।' थरुहट–तराई पार्टी नेपालका अध्यक्ष भानुराम चौधरीले शान्तिपूर्ण आन्दोलनमा घुसपेठका कारण घटना भएको बताए। 'टीकापुरमा विरोध सभा गर्ने कार्यक्रम थियो। प्रहरीतर्फ घुसपेठ भएर प्रदर्शनलाई उत्तेजित पारियो। यो घटनाको जिम्मेवारी राज्य नै हो,' उनले भने। कैलालीका राजनीतिक दलका नेताले जातीय हिंसा भड्काउन चाहनेले सुनियोजित रुपमा घटना भएको भन्दै सबैलाई संयम हुन र घटना घटाउने तŒवलाई कारबाही गरिनुपर्ने बताएका छन्। एमाले, कैलाली अध्यक्ष दीर्घ सोडारीले प्रदर्शनकारीबाट भएको आक्रमण 'आतकंवादी' भएको बताए। उनले प्रहरीतर्फ त्यति ठूलो नोक्सान हँुदासम्म समयमै गोली ठोक्ने आदेश नदिनु प्रहरी प्रशासनको पनि चरम लापरबाही भएको बताए। थप स्थिति बिग्रन नदिन प्रहरी प्रशासनले सतर्कता अपनाउनुका साथै सबैले संयम हुनुपर्ने उनले बताए। 'सुनियोजित तरिकाले यो घटना भएको छ। हिंसा भड्काउन चाहनेबाट भएकाले सबैले संयम हुनु जरुरी छ,' उनले भने, 'हिंसा भड्काउन चाहने र आतंककारी घटना घटाउने तŒव पत्ता लगाई कारबाही गरिनुपर्छ।' नेपाली कांग्रेस, महाधिवेशन प्रतिनिधि कृष्णबहादुर महराले जातीय हिंसा भड्काउन चाहने तत्व घुसेर यो घटना गराएको बताए। 'केही दिनअघि अमरेश सिंह, राजेन्द महतोहरुले जातीय द्वन्द्व भड्काउन दिएको अभिव्यक्तिको परिणाम हो यो घटना,' उनले भने। एकीकृत माओवादी जिल्ला सचिवालय सदस्य रमेश धामीले प्रशासनले अवस्था नबुझी बल प्रयोग गर्दा घटना भएको बताए। 'प्रदर्शकारी बढी र सुरक्षाकर्मी थोरै भए, अवस्था नबुझी बल प्रयोग हँुदा घटना भयो,' उनले भने, 'यो घटना दुखद हो।' सरकारले सुरक्षा सतर्कता अपनाउन नसक्नु कमजोरी भएको उनले आरोप लगाए। स्थिति तनाबपूर्ण भएपछि स्थानीय प्रशासनले सोमबार दिउँसो २ बजेदेखि कैलालीको पूर्वमा कर्णाली नदी, पश्चिममा मुनुवा गाविस, उत्तरमा पथरैया गाविस र दक्षिणमा धनसिंहपुर गाविससम्म अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। अखण्ड सुदूरपश्चिम पक्षधरले निकालेको मोटरसाइकल र्याषलीका सहभागी र थरुहटका कार्यकर्ताबीच शुक्रबार कैलालीको दुर्गौली गाविस, तोरैयापुरमा झडप भएपछि प्रशासनले रातिबाट कर्फ्यु लगाएको थियो। शनिबारदेखि लगातार दिउँसो टीकापुर निषेधित क्षेत्र घोषणा गरी विरोध सभा, कार्यक्रम गर्न रोक लगाइएको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Riot
Secondary Form Demonstration
Weapons Blunt weapon
Primary Cause Other governance issues
Secondary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Tharu Organizations
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police APF
Actor 2 - Youth na
Total Killed 8
Youth Killed 1
Total Injured 41
National/Online Media

0 Comments