Incident Reports

कर्फ्यु तोडेर टीकापुरमा आगजनी |

2015-08-25

टीकापुरमा कर्फयु आदेश जारी गरिएको भएपनि करिब २०/२५ जनाको समूहले बिहान साढे १० बजेतिर विभिन्न ठाउँमा आगजनी गरेका जनाइएको छ । स्थानीयका अनुसार सभाषद जनक चौधरीको घर, थरुहट संघर्ष समितिका अगुवा रेशम चौधरीले संचालन गरेको फूलबारी रिसोर्टलगायत बजारमा रहेका २ वटा घुम्ती पसलमा पनि आगजनी भएको छ । कर्फ्युका कारण स्थानीय बाहिर जान सक्ने अवस्था छैन् । आगजनीमा संलग्न समूहलाई भगाउन प्रहरलिे ८ राउण्ड हवाई फायर गरेको छ । सोमबार भएको हिंसात्मक घटनाले टीकापुर भयभित बनेको छ । टीकापुर अस्पतालमा घाइते भइ भर्ना भएका ४६ जना मध्ये ७ जना प्रहरीको अवस्था गम्भीर छ । टीकापुरस्थित फुलबारी एफएममा पनि तोडफोड भएको छ । धनसिंहपुर ४ र टीकापुरको बनगाउँमा केही घरहरु जलाइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Various Indigenous Parties incl. Tharu
Actor 2 - Youth na
Total damaged Buildings 2
National/Online Media

0 Comments