Incident Reports

टिकापुर घटनामा संलग्न ४ जना प्रहरी द्वारा पक्राउ

2015-08-24

सोमबार टिकापुरमा भएको झडपमा परि मृत्यु भएका सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपाने लगायत अन्य सबै प्रहरीको शवलाई हेलिकप्टरबाट आफन्तलाई बुझाउने कार्य भइरहेको छ । सोही अनुरुप एसएसपी न्यौपानेको शवलाई काठमाडौं लगि सकिएको छ भने निरिक्षक बलराम विष्टको झलारी, कञ्चनपुर र केशव बोहोराको बेलौरी र र जवान लोकेन्द्र चन्दको बैतडी लैजाने तयारी गरिएको छ । सबैको शवलाई अहिले अञ्चल प्रहरी कार्यालयको प्रांगणमा राखिएको छ । यस्तै हवल्दार लक्ष्मण खड्काको शवलाई भने गाडीबाटै अत्तरीया लगिएको छ । सुदुरपश्चिम प्रहरी प्रमुख डिआइजी रामकुमार खनालका अनुसार हिजो भएको घटनामा संलग्न रहेको आशंकामा ४ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । उक्त घटनामा नेपाल प्रहरीकाे एसएसपी र एक बालक सहित ८ जनाकाे ज्यान गएकाे थियाे ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Riot
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
National/Online Media

0 Comments