Incident Reports

प्रहरीले स्कर्टिङ गरेको गाडीमा ढुंगामुढा

2015-09-02

Madhes, Saptari, Rajbiraj

मधेसी मोर्चा आव्हानमा आज १९ औं दिन पनि बजार पसल बन्द रहँदा यहाँको जनजीवन थप कष्टकर बन्दै गएको छ । गएराति प्रदर्शनकारीहरुले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरी खण्डमा प्रहरीको स्कर्टिङमा रहेका सय भन्दा बढी सवारीसाधनमा तोडफोड गरेका छन् । प्रदर्शनकारीको ढुंगा लागेर ना४ख ६६९० नम्बरको ट्रक चालकको आँखामा गम्भीर चोट लागेको छ । चालक गम्भीर घाइते भएपछि ट्रक अनियन्त्रित भई सडक भन्दा सय मिटर तल झरेको छ । मध्यराति प्रहरीले स्कर्टिङमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका रात्रीबस तथा मालबाहक ट्रकमा सडकको छेउमा लुकेर बसेका प्रदर्शनकारीले ढुंगा तथा खाली बियरका बोतलहरु प्रहार गरेका थिए । ढुंगा प्रहारबाट सयौं सवारीसाधनको सिसा फुटनुका साथै कतिपय यात्री तथा चालकलाई गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । बन्दका कारण सदरमुकाम राजविराज, हनुमाननगर, रुपनी, भारदह, कञ्चनपुर, कल्याणपुर लगायतका बजार पूर्ण बन्द छन् । लामो बन्दबाट आजित भएर फाटफुट रुपमा खुल्न थालेका पसलहरु पनि बिहानैबट प्रदर्शनमा उत्रेका प्रदर्शनकारीहरुले बन्द गराएका थिए । लामो बन्दकाकारण हरियो सागसब्जी लगायत दैनिक उपभोग्य वस्तुहरुको हाहाकार भएको छ । साइकल, रिक्सा तथा ठेलामा सीमा पारिका बजारबाट ल्याइएको दैनिक उपभोग्य वस्तुहरुको कालोबजारी हुँदै गएको छ । खाद्य सामाग्रीहरुको मूल्य अकासिएको छ । १० रुपैयाँको वस्तुहरु एक सय भन्दा बढी मूल्य जरीहरुले असुल्दै आएका छन् । सवारीसाधनको स्कर्टिङ गर्न राति प्रहरीले खाली गराएको राजमार्गमा प्रदर्शनकारीले बिहानैदेखि पुन: सडकमा ढुंगामुढा तेर्स्याएर प्रदर्शन थालेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
Total Injured 1
Totally damaged Vehicles 100
Severely damaged Vehicles 100
National/Online Media

0 Comments