Incident Reports

मानवअधिकारकर्मीमाथि भएको कुटपिट घटनाप्रति इन्सेकको ध्यानाकर्षण

2015-09-04

Madhes, Dhanusha, Janakpur, Ward 1

तराई-मधेसमा जारी आन्दोलनको अनुगमन तथा पर्यवेक्षणमा रहेका मानवअधिकारकर्मीमाथि भएको कुटपिट घटनाप्रति इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालयले भदौ १६ गते एक विज्ञप्ति प्रकाशन गरी ध्यानाकर्षण भएको जनाएको छ । मध्यमाञ्चल क्षेत्रीय कार्यालय संयोजक कृष्ण गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ-"मानवअधिकार रक्षकसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय घोषणापत्रले मानवअधिकार रक्षकहरूको अधिकार संरक्षण गर्ने अभिभारा राज्यलाई दिइएको स्मरण गराउँदै राज्यको निकायबाट नै मानवअधिकारकर्मीमाथि गरिएको कुटपिटप्रति खेद प्रकट गर्दछौँ ।" आन्दोलनको अनुगमन गरिरहेका राष्ट्रिय मानवअधिकार आयोग, जनकपुर क्षेत्रीय कार्यालयका अधिकृत अजीत ठाकुर, एड्भोकसी फोरम धनुषाका संयोजक राजकुमार महासेठ, मानवअधिकार संरक्षण मञ्चका अध्यक्ष दीपेन्द्र दास, अभ्यूत्थान नेपालका सहसंयोजक नागेन्द्रकुमार साह, थर्ड एलायन्सका वीरेन्द्र कर्ण, ओरेकका देवकुमार महतोलाई भदौ १५ गते प्रहरीले कुटपिट भएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ। आन्दोलनको अनुगमन र पर्यवेक्षणमा रहेका मानवअधिकारकर्मीलाई कुटपिट गर्ने घटनामा संलग्न प्रहरीलाई कारबाही गर्न तथा आन्दोलनको अनुगमन तथा पर्यवेक्षण गर्न सहज वातावरण बनाउन सम्बन्धित सबै पक्षसँग इन्सेकले आग्रह गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 6
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
INSEC

0 Comments