Incident Reports

अमेरिकी युवतीको हत्या

2015-09-05

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 7

भूकम्पपीडितलाई सहयोग गर्ने भन्दै नेपाल आएर झन्डै महिना दिनदेखि बेपत्ता एक अमेरिकी युवतीको यहाँ हत्या भएको खुलेको छ। धिताल ३ घर भई स्थानीय एक प्राथमिक विद्यालयका शिक्षक नारायण पौडेलले २६ वर्षीया पासपोर्ट नम्बर ४५१३८३८४७ की डालीया यहीयाको हत्या गरेको प्रहरीको दाबी छ। गत साउन १९ मा पोखरा आएकी यहीया तीन दिनसम्म पौडेलेको पोखरा सिम्पानीस्थित कोठामा बसेकी थिइन्। उक्त दिनसम्म उनको आफ्ना परिवारजनसँग सम्पर्क भइरहेको थियो। तर, चौथो दिनदेखि सम्पर्कविहीन भएपछि उनको खोजी भएको थियो। साउन ४ मा उनी काठमाडांै आइपुगेकी थिइन्। गोरखाका भूकम्प पीडितलाई सहयोग गर्न उनी आएकी थिइन्। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार कोच सरफर नामक इन्टरनेट साइटबाट व्यक्तिगत रूपमा म्यासेज आदानप्रदान गरी चिनजान भएपछि पौडेलको आग्रहमा यहीया नेपाल आएको खुलेको छ। ‘यसरी बोलाइएका साथीलाई आफू जस्तो हालतमा बसेको छ, त्यस्तैमा राख्ने र अलिअलि पैसा पनि लिने रहेछन्,’ कास्की प्रहरीका प्रवक्ता डीएसपी गोविन्द अधिकारीले भने, ‘हामीलाई पनि नयाँ कुरा थाहा भयो।’ पोखरा आएपछि यहीयाले पौडेललाई फोन गरी आफू न्युरोडमा रहेको बताइन्। पौडेल आएर उनलाई मोटरसाइकलमा राखी कोठामा लगे। चार दिनसम्म सँगै बसे। साउन २२ को मध्यरातमा पौडेलले यहीयाको टाउकोमा हम्मर र काठको आग्लोले हानेर हत्या गरेको स्वीकार गरेको प्रवक्ता अधिकारीले बताए। हत्यापछि पोको पारेर पोखरा–बागलुङ राजमार्गको जौबारी नजिकै सेती नदीमा लगेर फालेको बयान पौडेलले दिएका छन्। उक्त दिन दिउँसो पौडेलले यहीयालाई पोखराका विभिन्न स्थान घुमाएका थिए। अधिकारीका अनुसार पौडेलले यहीयासँग रहेको पैसा र आइफोनको लोभले हत्या गरेको भने पनि कारण यही हो भन्न नसकिने अवस्था छ। हत्यापछि उनले यहीयाको साथमा रहेको ५ हजार रुपैयाँ लिएका थिए भने आइफोन चलाएका थिए। आइफोनमा अमेरिकी दूतावासले सम्पर्क गरेपछि उनले त्यसलाई पनि सेती नदीमा लगेर फालिदिएका थिए। अमेरिकी दूतावासको टोलीले भदौ ११ मा पौडेलको कोठामा फोटोसहित यहीया हराएको सूचनासमेत टाँसेर छाडेको थियो। अनुसन्धानकै क्रममा बिहीबार पक्राउ परेका पौडेलले शुक्रबार दिउँसो जिल्ला प्रहरीको छतबाट हाम फालेर आत्महत्याको प्रयास गरे। यसले गर्दा अनुसन्धान प्रभावित भएको छ। उनको दुवै खुट्टा भाँचिएको छ भने टाउकोमा पनि चोट लागेको छ। टाउकोको शुक्रबारै शल्यक्रिया गरिएको र केही दिनमै खुट्टाको पनि शल्यक्रिया गरिने डीएसपी अधिकारीले बताए। मनिपाल शिक्षण अस्पतालमा उपचाररत पौडेलको स्वास्थ्यमा सुधार भइरहेको छ। पौडेल धितालकै कैलाश टेत्सुओ प्राविका राहत दरबन्दीका शिक्षक हुन्। पौडेलको कोठाबाट रगत लागेको सिरानी, डसना, केही लेडिज कपडा र सेती किनारबाट तन्ना यहीयाको सुरुवाल र शव मोटरसाइकलमा बाँधेको डोरीसमेत प्रहरीले बरामद गरेको छ। स्थानीय तहबाट सम्भव नभएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले अनुसन्धानमा सघाइरहेको छ। प्रहरीले यहीयाको शव खोजिरहेको छ। भासिएको सेती नदीमा समेत खोज्दा केही पत्तो नलागेको प्रहरीले जनाएको छ। पौडेलले यसअघि पनि विदेशी युवतीलाई कोठामा लैजाने गर्थे। उनको एक प्रेमिका पनि रहेको अनुसन्धानमा खुलेको र घटनापछि इज्जत र सजायको डरले आत्महत्याको प्रयास गरेको प्रहरीको अनुमान छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments