Incident Reports

वीरगन्जमा सात प्रदर्शनकारी पक्राउ

2015-09-10

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सात जनालाइ प्रहरीले वीरगन्जको घण्टाघरबाट पक्राउ गरेको छ। बिहीबार अपराह्न्न प्रहरीले घन्टाघरमा कोणसभा गरिरेहेको अवस्थामा मोर्चासगं आवद्ध रहेका स्थानिय नेता तथा कार्यकर्ताहरुलाइ पक्राउ गरेको हो। दंगाग्रस्त क्षेत्रमा नाराबाजी तथा प्रदर्शन गरी शान्ति सुरक्षामा खलल पुर्याएको अभियोगमा पक्राउ गरिएको प्रशासनले जनाएको छ। संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा अवद्ध विभिन्न दलका जनार्धन यादव, पुरुषोत्तम झा, जटाशंकर गुप्ता, जगमोहन यादव, मदन यादव, रामनारायण मिश्रा लगायतका व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालय पर्साका सहाय प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी गराएका छन्। पक्राउ गरिएका नेता कार्यकर्ताहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखि आवस्यक सोधपुरछ भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीको भनाइ रहेको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 7
Actor 2 - Affiliation (Target) Madhes-based Parties
Actor 2 - Youth na
National/Online Media

0 Comments