Incident Reports

पत्रकारलाई एमाओवादी नेताको धम्की

2015-09-13

Province 1, Bhojpur, Aamchowk

एकीकृत माओवादी भोजपुरका जिल्ला अध्यक्ष सुदन किरातीले समाचारको विषयमा यहाँस्थित पत्रकारहरूलार्इ धम्की दिएको पत्रकार संगठनहरूले जनाएका छन् । जिल्लाबाट प्रकाशित हुने साप्ताहिक पत्रिकामा आएको समाचारको विषयलाई लिएर एमाओवादी भोजपुरका अध्यक्ष सुदन किरातीले धम्की दिएपछि पत्रकारका संघ संगठनले त्यसमा आपत्ति जनाएका हुन् । भोजपुर पोष्ट साप्ताहिकका ब्यवस्थापक अर्जुन बस्नेतलाई समाचारको विषयमा पार्टी कार्यालयमा बोलाएर आफूअनुकुल समाचार प्रकाशित नभएको भन्दै समाचार नसच्याए भिडन्त हुने धम्की दिएका थिए । उनले आफू अनुकुलको समाचारसहितको विशेषांक नै प्रकाशित गर्न बस्नेतलाई दबाब दिएका थिए । यो विषयलाई लिएर जिल्लास्थित पत्रकारका संघ संगठनले आपत्ति जनाएका हुन् । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र किरात राई पत्रकार संघले संयुक्त विज्ञप्ती निकाल्दै समाचारको विषयमा धम्की दिन छोडेर चित्त नबुझे कानुनी उपचार खोज्न सुझाएका हुन् । 'पीडितपक्षले न्याय र सुरक्षाका लागि कानुन कार्यान्वयन गर्ने निकायमा उजुरी दिएकोबारे लेखिएको समाचारलार्इ लिएर धम्की दिनु निन्दनीय छ', संयुक्त प्रेस विज्ञप्तीमा भनिएको छ, 'पूर्वसभासद् किराती नै मुछिएको जिविसका अधिकृतसँग रकम मागको कुरा सडकमा छताछुल्ल भइसकेपछि लेखिएको समाचारमा सञ्चारकर्मीलाई धम्की दिनु निन्दनीय छ ।' समाचारको विषयलाई लिएर सञ्चारकर्मीलाई धम्की दिनु प्रेस स्वतन्त्रतामाथिको ठाडो र नाङ्गो हस्तक्षेप भएको पत्रकारका संगठनको भनाइ छ । शाही शासनमा सरकारी संयन्त्रले आक्रमण गरेजस्तै एमोआवादीका केही नेताले भोजपुरमा सञ्चार माध्यम र सञ्चारकर्मीलाई लाउन खोजेको अंकुश र धम्कीपूर्ण व्यवहारको पत्रकारहरुले विरोध गरेका हुन् । जिल्ला विकास समिति भोजपुरको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजिसीडिपी) मा कार्यरत शासन विज्ञ राजु शिवाकोटीलाई एमाओवादी नेताबाटै धम्कीपूर्ण टेलिफोन आएको कुराको उजुरी जिल्ला प्रशासन र जिल्ला प्रहरीसम्म पुगेको थियो । यो घटनामा सुदन किराती स्वयम् मुछिएका थिए । धम्की दिने ब्यक्तिलाई मिलाउने भन्दै किरातीले शिवाकोटीसँग रकम मागेको खुलासा भएको थियो । जुन कुरा स्वयम् किराँतीले नै गरेको पत्रकार सम्मेलनमा स्विकारेका थिए । तर यही विषयलार्इ लिएर अध्यक्ष किराती पत्र कारलार्इ धम्की दिन उत्रेपछि पत्रकारका संगठनले त्यसको प्रतिरोध गरेका हुन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
National/Online Media

0 Comments