Incident Reports

वृद्धद्वारा बालिका बलात्कृत

2015-09-15

Bagmati, Makawanpur, Makawanpurgadhi

मकवानपुरको दुर्गम गाविसका ८८ वर्षीय वृद्धले ११ वर्षीयालाई बलात्कार गरेका छन् । जबरजस्ती करणी आरोपमा प्रहरीले सुकौरा गाविस ४ अम्बोटेका वृद्ध धनबहादुर मोक्तानलाई सोमबार पक्राउ गरेको छ । लठ्ठी टेकेर हिँड्ने मोक्तानले गाउँकै बालिकालाई शनिबार जंगलको छेउमा बलात्कार गरेका थिए । पैसा दिएर फकाएर बालिकालाई उनले विगत २ महिनादेखि बलात्कार गर्दै आएको पीडितका आफन्तले जिल्ला प्रहरीमा दिएको निवेदनमा उल्लेख गरेका छन् । वृद्धले दिएको रकम बालिकाले आमालाई दिने गरेकी थिइन् । शनिबार पनि रकम दिएपछि आमाले पैसा कहाँबाट ल्याएको भनेर प्रश्न गरेकी थिइन् । त्यसपछि बालिकाले रहस्य खोलेकी हुन् । गाउँलेले वृद्धलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । २५ छोराछोरी, नातिना रहेका वृद्धकी पत्नीको ३ वर्षअघि मृत्यु भएको थियो । उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले ३ दिन म्याद थप गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments