Incident Reports

गौरबाट आठ पत्रकार पक्राऊ

2015-09-18

Madhes, Rautahat, Gaur

तराई मधेसमा जारी आन्दोलनको समर्थनमा निषेधित क्षेत्र भित्र जुलुस निकालेका आठ पत्रकारहरुलाई रौतहट प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ । पक्राउ परेका पत्रकारहरुमा नेपाल पत्रकार महासंघ रौतहटका पूर्वअध्यक्ष प्रेमचन्द्र झा, महासंघका पार्षद प्रभात झा, किशोरी यादव, प्रविण टिबडेवाल, धर्मेन्द्र साह लगायत छन् । सदरमुकाम गौरको निषेधित क्षेत्र भित्र जुलुस निकालेकाले नियन्त्रणमा लिइएको रौतहट प्रहरीले जनाएको छ । उनीहरुले तराई मधेसको माग सम्वोधन गर्न, पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न माग गर्दै आएका छन् । यसअघि तराई मधेसमा जारी आन्दोलनको समर्थनमा प्रदर्शन गरेको भन्दै पर्साको वीरगञ्जबाट पनि प्रहरीले पत्रकारहरुलाई नियन्त्रणमा लिएको थियो । ति पत्रकारहरु एक दिनपछि रिहा भएका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 5
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
National/Online Media

0 Comments