Incident Reports

मानवबेचविखन मुद्दाका तीन आरोपितलाई अदालतबाट सफाइ

2015-08-26

Lumbini, Bardiya, Barbardiya, Ward 9

 बर्दिया जिल्ला अदालतले भदौ ३१ गते मानव ओसारपसार तथा बेचविखन विरुद्धको मुद्धा माथि फैसला गर्दै तीन आरोपीलाई निर्दोष भएको ठहर गर्दै सफाइ दिएको छ । नवलपरासी जिल्ला माकर गाविस-६ का ३८ वर्षीय क्षेत्रकुमार क्षेत्री, बर्दिया जिल्ला गुलरिया नपा-७ बर्दियाका ५३ वर्षीय सोहराव पठान धोबी र सूर्यपटुवा गाविस-४ का ३७ वर्षीय खड्गबहादुर मगर निर्दोष रहेको अदालतले जनाएको छ । अर्की फरार अभियुक्त नवलपरासी जिल्ला माकर-४ की ४० वर्षीया मिना भन्ने सीता विकको विषयमा उनी आफैँ अथवा प्रहरीले गिरफ्तार गरी अदालतमा उपस्थित गराएको अवस्थामा फैसला गर्ने गरी मुद्दा तामेलीमा राखेको बर्दिया जिल्ला अदालतका श्रेस्तेदार खिमानन्द पाण्डेले बताए । महम्मदपुर गाविस १ गणेशपुरसंग जोडिएको भारतीय सीमावर्ती नाका लौकाहीबाट ०७१ भदौ ९ गते जिल्ला प्रहरी कार्यालय बर्दियाले भारतीय सीमा सुरक्षा बल (एसएसबी) को सहयोगमा सात जना नेपाली महिलाको उद्दार गरेको थियो । रोजगारीको लागि भारतको दिल्ली हुँदै कुबेत लैजान लागेको अवस्थामा २५ देखि ३८ वर्षसम्मका मध्ये छ जना नवलपरासी र एक जना रुपन्देहीका महिलालाई उद्दार गरिएको थियो । नवलपरासी जिल्ला माकर गाविस-६ का ३८ वर्षीय क्षेत्रकुमार क्षेत्री, बर्दिया जिल्ला गुलरिया नपा-७ बर्दियाका ५३ वर्षीय सोहराव पठान धोबी र सूर्यपटुवा गाविस-४ का ३७ वर्षीय खड्गबहादुर मगरलाई महिलाहरूसँगै गाडीमा फेला पारेपछि पक्राउ गरी अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय, बर्दियाले हिरासतमा राखी कानुनी कारबाही अगाडि बढाएको थियो । बर्दिया जिल्ला अदालतले चार जना अभियुक्त मध्ये तीन जनालाई सफाइ दिए पनि फैसलाविरुद्ध पीडितको न्यायको लागि पुनरावेदन अदालत जाने जिल्ला न्यायाधिवक्ता रामप्रसाद अधिकारीले बताए । मानबहादुर चौधरी
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 7
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Abducted 7
Female Abducted 7
INSEC

0 Comments