Incident Reports

पूर्व एमाओवादी एसिएम हतियारसहित पक्राउ

2015-09-07

Sudurpashchim, Kailali, Mohanyal, Ward 4

बनकन्द्री भन्ने स्थानबाट प्रकाश चौधरी उपनामले चिनिने रामप्रकाश डगौरा थारुलाई विषेश सूचनाको आधारमा अवैध हातहतियार राखेको भन्ने जानकारीको आधारमा सुदूरपश्चिम क्षेत्रिय अनुसन्धान समुह सेती र जिल्ला प्रहरी कार्यालय कैलालीबाट गएको टोलीले निज रामप्रकाश डगौरा थारुको घर नजिकै प्लाष्टिकको बोरामा लुकाई छिपाई राखेको अवस्थामा दुईनाल बाह्वोर र एउटा ईटालियम पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक विश्वराज खड्काले बताए। नाताले मामाको छोरा पर्ने आफ्नै भाई रमेश चौधरीलाई भदौ २१ गते भएको थरुहटको आमसभामा जानका लागि टेक्टर नदिएको निहूमा कुटपिट गरेको र निज रमेशले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएको आधारमा रामप्रकाश डगौरा थारुलाई पक्राउ गरि अनुसन्धान गर्दै जाँदा निजसंग अबैध हातहतियार रहेको तथ्य फेला पारेको प्रहरी नायब उपरिक्षक खड्काले बताए। रामप्रकाश डगौरा थारुले गाउँमा वेलाबेलामा हातहतियार देखाई तर्साउने गरेको बताउँदै उनलाई सार्वजनिक अपराध तथा अवैध हातहतियार अन्तर्गत मुद्दा चलाईने प्रहरी नायब उपरीक्षक खड्काले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Secondary Form Threat/intimidation
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Secondary Cause Others
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports