Incident Reports

फोरमका दुई केन्द्रीय सदस्य प्रहरी नियन्त्रणमा

2015-10-05

Province 1, Morang, Biratnagar

 विराटनगरस्थित भन्सार नाका सडकखण्डमा धर्ना बसेका सङ्घीय समाजवादी फोरमका दुई केन्द्रीय सदस्यलाई प्रहरीले गएराति नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रमोद खरेलका अनुसार धर्नास्थलबाट हटाउन खोज्दा प्रहरीलाई उल्टै पेट्रोल बम प्रहार गरेपछि समाजवादी फोरमका केन्द्रीय सदस्य रामविलास यादव र भुराज राईलाई नियन्त्रणमा लिइएको हो। धर्नामा बसेका आन्दोलनकारीलाई तितरवितर गर्न प्रहरीले तीन सेल अश्रृग्याससमेत प्रहार गरेपछि उनीहरुलाई नियन्त्रणमा लिएको थियो। त्यसपछि चारसयभन्दा बढी सवारी साधन गन्तव्यतर्फ पठाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Primary Cause Law and Order Violence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Other/multiple/unspecified political affiliation
Actor 2 - Entity Federal Socialist party
Actor 2 - Youth na
National/Online Media

0 Comments