Incident Reports

मोर्चाका कार्यकर्ताद्धारा एमालेको कार्यक्रममा विरोध

2015-10-06

Madhes, Siraha, Dhangadhimai

सङ्घीय प्रदेशको सीमाङ्कनको बिरोधमा रहेका मोर्चाका कार्यकर्ताहरुले असोज १९ गते एमालेको कार्यक्रममा बिरोध गरेका छन् । विष्णुपुरकट्टी गाविस हाल धनगढीमाई नगरपालिकामा एमालेको चार नंबर क्षेत्रीय कार्यकर्ता भेला कार्यक्रममा नाराबाजी तथा होहल्ला गरी मोर्चाका कार्यकर्ताले कार्यक्रम बिथोलेका थिए । सो क्रममा मोर्चाका कार्यकर्ताहरुले एमाले कार्यकर्ताहरुलाई हातपात गरी स ३ प ५५८१ नम्बरको मोटरसाइकल सहित केही मोटरसाइकलमा तोडफोड गरेको एमालेका अञ्चल कमीटी सदस्य उतरबहादुर मगरले बताए । मगरका अनुसार मोर्चाका राजलाल यादवको नेतृत्वमा आएका कार्यकर्ताहरुले नियमित बैठक भएको ठाउँमा आई विरोध गरी एमाले कार्यकर्ता तथा नेताहरूलाई हातपात समेत गरेको बताए । इलाका प्रहरी कार्यालय लहानका डिएसपी उमाप्रसाद चर्तुवेदीका अनुसार घटनाको जानकारी हुनासाथ सुरक्षाकर्मीहरु परिचालन गरी थप दुर्घटना हुन नदिएको बताए । प्रहरी स्कटीङ्ग गरी एमालेका कार्यकर्ताहरुलाई सुरक्षित स्थानमा पठाएको बताए । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका राजु गुप्ताले मधेस आन्दोलनलाई बेवास्ता गरी आन्दोलन विरुद्ध कार्यक्रम गर्न लागेकोले प्रतिकार गरेको बताए । मोर्चाले गरेको आन्दोलनले सिरहाको जनजीवन कष्टकर रहेको छ । बजार ,कार्यालय,शिक्षण संस्थाहरू पूर्णरूपमा बन्द रहेको छ । बजारमा पाइने समानहरुको मूल्य आकासिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Program Interference/Obstruction
Secondary Form Assault (small group)
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth na
Youth Raped 00
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
INSEC

0 Comments