Incident Reports

बालविवाह गर्ने युवक गिरफ्तार

2015-11-04

Bagmati, Makawanpur, Hetauda

१३ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा प्रहरीले गढीमाई गाविस -१ का ३५ वर्षीय कृष्णबहादुर विकलाई गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई ललाईफकाई गरेर कार्तिक १७ गते विकले भगाएर लगेका थिए । आरोपितले पीडितलाई फापरवारीस्थित आफन्तका घरमा लगेर लुकाएर राखेका थिए । प्रहरीले खोजतलास गर्ने क्रममा बालिका र आरोपितलाई फापरबारीमा फेला परेका थिए । बालिकाको अभिभावकले कात्तिक १८ गते बालिका हराएको भनी जिप्रका हेटौँडामा निवेदन दिएका थिए ।

0 Comments