Incident Reports

वीरगन्जमा औषधि बोकेको ट्रकमा पेट्रोल बम प्रहार

2015-11-20

Madhes, Parsa, Birgunj

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले औषधि भित्र्याउन दिइने निर्णय गरेको केही घन्टा नबित्दै वीरगन्जमा औषधि बोकेको ट्रकमा पेट्रोल बम प्रहार गरेको छ । ट्रकमा लोड गरिएको झन्डै २० लाख रुपैयाँ बराबरको एन्टिबायोटिक औषधि जलेर नष्ट भएको प्रहरीले जनाएको छ । मोर्चाको बिहीबार अपराह्न औषधि आयात र ढुवानीमा रोक नलगाउने निर्णयपछि व्यवसायीले गोदाममा थन्किएको औषधि राति लोड गरेका थिए । ‘अति आवश्यक औषधि’ लेखिएको ब्यानर समेत ट्रकको अगाडि झुन्डयाइएको थियो । राति करिब १ बजेको समयमा मोर्चाका कार्यकर्ताले ट्रकमाथि ३ वटा पेटोल बम प्रहार गरेको ट्रकका चालकले जनाएका छन् । वीरगन्ज उपमहानगरपालिका-१४ स्थित गोदाम अगाडि लोड गरेर पार्क गरिएको ना२ख ८२९२ नम्बरको ट्रकमा आगजनी गरिएको पर्सा प्रहरी नायव उपरीक्षक होबिन्द्र बोगटीले बताए । आगजनीको सूचना आएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । वीरगन्ज बरुण यन्त्रको सहयोगमा आगजनी नियन्त्रणमा लिएको डिएसपी बोगटीले बताए । स्लाइन पानी मार्फत दिइने एन्टीबायोटिक औषधी जनकपुरका लागि लोड गरिएको व्यवसायीले जनाएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
Total Raped 00
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments