Incident Reports

​एउटै घरबाट हराएका ४ बालबालिका बारीमा गाडिएको अबस्थामा भेटिए

2015-11-25

Karnali, Mugu, Khatyad

मुगुको पश्चिम खत्याड ह्याँग्लु गाविसमा पाँच दिन अघिबाट हराएका एकै घरका चार बालबालिका बारीमा गाडिएको अवस्थामा फेला परेका छन् । मंसिर ९ गतेदेखि चार जना बालबालिका हराएको भन्दै ती बालबालिकाका बुबाले सुकाढिक प्रहरी चौकिमा जाहेरी दिएका थिए । तर आइतबार बिहान ह्याँग्लु गाविस–६ रिगा गाँउमा जमिनमा खाल्डो खनेर पुरिएको अवस्थामा चार जना बालबालिका भेटिएका हुन् । नन्द बहादुर रोकायाकी ९ वर्षकी छोरी सुन्तली रोकाया, ६ वर्षका छोरा युवराज रोकाया, ४ वर्षकी छोरी विपना रोकाया र २ वर्षका छोरा दिप रोकायाको शव गाँउ भन्दा एक सय मिटर टाढा बारीको आलीमा एकै खाल्डोमा गाडिएको अवस्थामा भेटिएको हो । शव भेटिएको क्षेत्रलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायव उपरीक्षक लोकबहादुर जिसीले जानकारी दिनुभएको छ । सदरमुकाम भन्दा दुई दिन टाढा रहेको तथा सञ्चार सम्पर्क पनि कमजोर भएकाले थप जानकारी आउन ढिलाई भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रातापानी र प्रहरी चौकि सुकाढिकबाट गएको प्रहरीले घटना स्थल नियन्त्रणमा लिएको तथा जिल्लाबाट पनि प्रहरी सहायक निरिक्षक सहित पाँच जनाको टोली घटना स्थल गइसकेको प्रहरीले जनाएको छ । मृतक बालबालिकाका बुवा नन्द रोकाया, आमा र हजुर आमालाई सोधपुछका लागी प्रहरीले इलाका प्रहरी चौकि रातापानिमा ल्याई सोधपुछ गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Unclear
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 4
Female Killed 2
Youth Killed 4
National/Online Media

0 Comments