Incident Reports

वीरगन्जमा दिनभर झडप

2015-12-19

Madhes, Parsa, Birgunj

आन्दोलनरत मधेसवादी मोर्चाका कार्यकर्ता र प्रहरीबीच शनिबार वीरगन्जमा झडप भएको छ। 'अन्तिम धक्का' भन्दै शुक्रबारदेखि प्रदर्शन तीव्र बनाएका मोर्चा कार्यकर्ता र प्रहरीबीच घन्टाघर र माईस्थानमा शनिबार दिनभरजसो झडप भएको थियो। झडपमा दुई प्रहरी निरीक्षकसहित नौ प्रहरी घाइते भएका छन्। आन्दोलनकारीले हानेको ढुंगा लागेर प्रहरी निरीक्षकद्वय शेख अदालत र सुधीर राई, प्रहरी नायव निरीक्षक विष्णु दयाल शर्मा, प्रहरी जवान अजित पाण्डेसहित नौजना घाइते भएको एसपी राजुबाबु श्रेष्ठले जानकारी दिए। घाइतेमध्ये पाण्डेको टाउको फुटेको छ। गम्भीर घाइते उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। आन्दोलनकारीले प्रहरी सवार ना१ग ४८९ र बा१ग २५८१ नम्बरको गाडी तोडफोड गरेका छन्। झडपमा संलग्न रहेको भन्दै प्रहरीले नौ आन्दोलनकारीलाइ पक्रेको छ। पक्राउ पर्नेमा वीरगन्ज– १३ का जितेन्द्र कुसवाहा, अमित जयसवाल, अनिलकुमार गुप्ता, सिकेन्द्र चौरसिया, धिरजकुमार गुप्ता, विशालकुमार साह, मुन्ना मण्डल र सुरजकुमार तुराहा तथा बारा फेटाका तेजीलालप्रसाद साह कलवार छन्। तेजीलाल र अमितलाई नियन्त्रणमा लिएर कुटपिट गरी प्रहरीले टाउको फुटाइदिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका पर्सा संयोजक पुरुषोत्तम झाले बताए। प्रहरी नियन्त्रणमा रहेकाको टाउको फुटाइएको खबर पाएपछि प्रदर्शनमा रहेका आन्दोलनकारी थप आक्रामक भएका थिए। आन्दोलनकारीलाई पक्राउ गरेको विरोधमा झडप सुरु भएको थियो। झडपक्रममा आन्दोलनकारीले प्रहरीमाथि पेट्रोल बम पनि प्रहार गरेका थिए। प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले दुई सेल अश्रु ग्यास प्रहार गरेको थियो। घन्टाघर र माईस्थान क्षेत्रमा साँझसम्मै झडप चलेको थियो। घन्टाघर चोकनजिकै पर्सा जगरनाथपुरका राधाकिसुन साह सोनारले रोकिराखेको ना३प २३४० नम्बरको मोटरसाइकलमा आन्दोलनकारीले पेट्रोल खन्याएर आगो लगाएका छन्। मोर्चा कार्यकर्ताले शनिबार बिहानैदेखि विभिन्न स्थानमा टायर बालेर नाराबाजी गर्दै बजार बन्द गराएका थिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Arson
Weapons Blunt weapon , Homemade/traditional firearms , Improvised explosive device (IED)
Primary Cause Other governance issues
Secondary Cause Other political issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 75
Actor 2 - Affiliation Madhes-based Parties
Actor 2 - Youth na
Total Injured 11
National/Online Media

0 Comments