Incident Reports

कालोबजारीविरुद्ध निमम अगाडि धर्ना

2016-03-13

Bagmati, Kathmandu, Kathmandu, Ward 2

एमालेको विद्यार्थी भातृ संगठन अनेरास्ववियुले नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि धर्ना दिएको छ । बजारमा कलोबजारी बढेको र संस्थागत भ्रष्टाचार मौलाएकोले यसको नियन्त्रण गर्न माग गर्दै आइतबार बिहान अनेरास्ववियुले निगम घेराउ गरेको हो। अनेरास्ववियुले निगमले विराट पेट्रोलियमलाई महँगोमा पेट्रोल बेचेको भन्दै यसको विरोध गरेको छ । अनेरास्ववियु अध्यक्ष नविना लामाले महँगी र कालोबजारी बढेको र माफियाले बजार नियन्त्रणमा लिएको बताउँदै सरकारले चाँडै नै यसको नियन्त्रण गर्नुपर्ने बताइन् । उनले भनिन्, 'हामीले सरकारलाई सचेत पार्न यो विरोध गरेका हौं ।' उनले जनताको घरमा चुल्हो बाल्न गाह्रो भइरहेको बेला सरकारले भने कालोबजारीलाई प्रोत्साहन दिएको आरोप लगाइन् । उनले यो धर्ना सरकारी कर्मचारीलाई बजार अनुगमन गर्न दबाब दिन लाई पनि गरिएको बताइन् । उनले भनिन्, 'माफियालाई कारबाही गर्नु सरकारी कर्मचारीको दायित्व हो । हामीले सांकेतिक रुपमा दबाब दिएका हौं । यो कार्यक्रमलाई निरन्तरता दिन्छौं ।'
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments