Incident Reports

मधेसी मोर्चाका कार्यकर्ताद्वारा एमाओवादीका अध्यक्षमाथि आक्रमण प्रयास

2016-03-13

Madhes, Siraha, Siraha

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालमाथि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूले फागुन ३० गते आक्रमणको प्रयास गरेका छन् । सिरहा जिल्लाको २३ औँ जिल्ला परिषद्को उद्घाटनको लागि आएका दाहालमाथि कार्यक्रम स्थलमा आक्रमणको प्रयास भएको हो । प्रचण्ड मधेस विरोधी भएको भन्दै कार्यक्रम स्थल जिविसको समीक्षा हलमा मोर्चाका नेता तथा कार्यकर्ताहरूले कालो झण्डासमेत देखाएका थिए । उनीहरूले प्रचण्डमाथि कुर्सी फ्याँक्ने प्रयास गरेका थिए । प्रमुख अतिथिमाथि कुर्सी फाल्न लाग्दा सुरक्षाकर्मीहरूले घेरा हालेर बचाएको एसपी श्यामलाल ज्ञवालीले बताए । उनकाअनुसार कार्यक्रममा हस्तक्षेप गर्ने मोर्चाका पाँच जना नेताहरूलाई नियन्त्रणमा लिइएको छ । दुर्गा परियार

0 Comments