Incident Reports

Three Injured in Clash among Jail Inmates

2012-10-28

रामेछाप । कात्तिक ११ गते

कारागार शाखा रामेछापमा बन्दीहरूका बीचमा ०६९ कात्तिक १० गते राति भएको झडपमा तीन जना बन्दीहरू घाइते भएका छन् ।

 

गत असोज १४ गते नक्खु जेलबाट रामेछाप कारागारमा सरुवा गरी ल्याइएका १३ जना बन्दी र रामेछाप कारागारमा रहेका पप्पु यादव लगायतका बन्दीहरूबीच भएको विवादपछि पप्पु यादव लगायतले कुटपिट गर्दा तीन जना बन्दीहरू घाइते भएका हुन् । घाइते हुनेहरूमा हिरालाल पाख्रिन, सोमनाथ गोले र शेरबहादुर गोले रहेका छन् । यीमध्ये पाख्रिन ज्यान मुद्दा, गोले डाँका र वाइवा हाडनाता करणीको मुद्दामा जेल परेका हुन् ।

 

सँधै राति १० बजे बन्दीहरूको गणना हुने गरेकोमा कात्तिक १० गते राति ९ बजे नै बन्दीहरूको रोलकल गरेको विषयमा विवाद भएपछि पप्पुयादव लगायतले दाउराले हिर्काउँदा तीन जना घाइते भएका थिए ।

 

घाइतेहरू तीनै जनाको टाउकोमा चोट लागेको छ । घाइते तीनै जनाको रामेछाप जिल्ला अस्पतालमा उपचार गरिएको छ । घाइतेहरूको अवस्था सामान्य रहेको छ ।

 

बन्दीहरूबीच झगडा भएको थाहा पाएपछि प्रमुख जिल्ला अधिकारी, प्रहरी, तथा राष्ट्रिय अनुसन्धान प्रमुख लगायतको टोली कारागारमा पुगेको थियेा । हाल २ सय ३५ जना थुनुवा र बन्दीहरू रहेको रामेछाप जेलमा अवस्था अहिले सामान्य रहेको छ ।

नवराज पथिक

 

Ramechhap/October 27

Three inmates of the Ramechhap Prison have been wounded in a clash ensued between two groups of the inmates on October 26.

 

The scuffle erupted when the role call of the inmates began at 9 pm instead of regular 10 pm. A gang of 13 inmates transferred from Nakkhu Jail in Lalitpur on September 13 and the older inmates led by Pappu Yadav had a fight. The injured were identified as Hiralal Pakhrin, Somnath Gole and Sher Bahadur Gole.

The injured were hit with fuel wood by the group led by Pappu Yadav. They were taken to Ramechhap Hospital for the treatment of their head injuries.

 

Following the information of the clash, CDO, District Police Chief and District NIB chief arrived at the scene to take stock of the situation.

 

The prison, currently accommodating 235 inmates, remained calm on October 27.

Nabaraj Pathik

0 Comments

Related Reports
Related Trend Analysis