Incident Reports

विप्लवका विद्यार्थीबाट स्कुल बस तोडफोड

2016-05-01

विप्लव माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी नवलपरासीले आईतवार गैंडाकोटस्थित अक्सफोर्ड कलेजको बस तोडफोड गरेका छन् । कावासोतीमा विद्यार्थी लिन पुगेको ना १ क ३८०६ नम्बरको बस माथि ५, ६ जनाको समूहले डण्डामा तोडफोड गरेको हो । तोडफोड गरेर मोटरसाईकलमा भागेका समूहको खोजी कार्य भईरहेको इलाका प्रहरी कार्यालय कावासोतीका नायब उपरीक्षक पर्शुराम तिवारीले बताए । तोडफोडबाट बसका सिसाहरु फुटेका छन् । अखिल क्रान्तिकारीका जिल्ला संयोजक शिव डुम्रेले नियम विपरित कलेज सञ्चालन गरेकाले सांकेतिक स्वरुप कारबाही गरेको बताए । ‘कलेजका गैर कानुनी कृयाकलाप सच्चाउन पटक पकटक आग्रह गर्यौ तर प्रिन्सीपल हरि भण्डारीले आफु प्रचण्डको नजिकको व्यक्ति भन्दै अटेर गरेकाले सांकेतिक कारबाही गरिएको हो,’ जिल्ला संयोजक डुम्रेले भने, ‘अझ पनि नसच्चिए त्योभन्दा कडा कारबाही हुन्छ ।’ कलेजमाथि कारबाही गर्नुका आठ कारण प्रस्टाउँदै जिल्ला संयोजक डुम्रेले सम्बन्धन नलिई कलेज स्थापना गरेको, मापदण्ड विपरित कलेज भवन निर्माण गरेको, भूकम्पपछि चार तलेभन्दा बढी निर्माण गर्न नपाइने मापदण्ड मिची ६ तले भवन बनाउन लागेको र भवन निर्माण गर्दा सुकुम्बासी, भूमिहीनलाई डर धम्की दिएको र विद्यार्थीहरुसँग चर्को शुल्क रहेका बताए । स्रोतका अनुसार यसअघि कलेज प्रिन्सीपल र विप्लव माओवादीका कार्यकर्तासँग राजनीतिक विषयमा झगडाहुँदै आएको थियो । त्यसैको प्रतिशोध साट्न घटना गराइएको हुनसक्ने स्रोतले बताएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons None
Primary Cause Others
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Entity CPN M
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments