Incident Reports

सिके राउतको अन्तर्वार्ता लिने टिभीलाई क्षमा माग्न निर्देशन

2016-05-12

Bagmati, Kathmandu, Kathmandu

सिके राउनको अन्तवार्ता लिने एबिसी टेलिभिजनलाई प्रेस काउन्सिल नेपालले क्षमायाचना गर्न निर्देशन दिएको छ । ‘एबिसी’ टेलिभिजनबाट प्रसारित ‘एबिसी वाच’ कार्यक्रममाराउतसँगको अन्तर्वार्ता प्रशारण हुँदा नेपालको सार्वभौमसत्तामा खलल पुगेको भन्दै काउन्सिलले एबिसीलाई बिहीबार क्षमायाचना गर्न निर्देशन दिएको हो । काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको बैठकले टेलिभिजनलाई जनतासमक्ष क्षमायाचना गर्न निर्देशन दिएको काउन्सिलका अध्यक्ष बोर्डबहादुर कार्कीले जानकारी दिए । एबिसी टेलिभिजनले विसं २०७२ चैत १७ गते राउतसँगको अन्तर्वार्ता प्रशारण गरेको थियो । उक्त अन्तर्वाताबाट नेपालको भौगोलिक अखण्डता र सामाजिक सद्भावमा खलल पुगेको तथा पत्रकार आचारसंहिताको गम्भीर उल्लङ्घन भएको भन्दै क्षमायाचना गर्न निर्देशन दिएको हो । यस अघि काउन्सिलले टेलिभिजनलाई स्पष्टीकरण सोधेको थियो । काउन्सिलको स्पष्टीकरणको जवाफमा टेलिभिजनले ‘कुनै पनि नेपाली नागरिकले व्यक्त गर्ने अभिव्यक्तिप्रति स्वयम् जिम्मेवार रहने, नेपाली नागरिकको भनाइ समेट्ने स्वाभाविक प्रक्रियाअन्तर्गत नै राउतको अन्तवार्ता प्रसारण गरिएको’ बताएको थियो । टेलिभिजनले दिएको जवाफ चित्त बुझ्दो नभएपछि काउन्सिलले राष्ट्रियताप्रतिको चोट पुर्याएको र आचारसंहिता उल्लङ्घन गरेको जनाई बिहीबार क्षमायाचना गर्न निर्देश गरेको हो । 
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Government and civil servants at central level
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
National/Online Media

0 Comments