Incident Reports

हत्या आरोपमा दुई भारतीय नागरिक पक्राउ

2016-04-06

Gandaki, Nawalparasi East, Binayee Tribeni

नवलपरासीको दुम्किबासमा केही दिनअघि भएको युवक हत्या प्रकरणका दुई जना आरोपीलाई प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ। गत वैशाख २४ गते दुम्किबासमा वीभत्स हत्या गरिएका वृजमोहन गुप्ताको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई इलाका प्रहरी कार्यालय नवलपुरले पक्राउ गरी सार्वजनिक गरेको हो। प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा गुप्ताका साथी भारतीय नागरिक १७ वर्षीय सुरेन्द्रकुमार शाह र उनका सहयोगी २५ वर्षीय मुसाफिर खानलाई पक्राउ गरी सार्वजनिक गरेको हो। गुप्ताको हत्या गरी फालिएको अवस्थामा दुम्किबासमा उनकै डेरा पछाडि मृतकको शव वैशाख २५ गते र टाउको १० दिनपछि दुम्किबास बजारदेखि डेढ किलोमिटर पूर्वको जङ्गलमा फेला पारेको थियो। टाउको भेटिएसँगै मृतक नवलपरासीको देउराली–६ झ्यालबास निवासी भारतीय मूलका २१ वर्षीय वृजमोहन गुप्ताको रहेको पुष्टि भएको छ। घटनाको अनुसन्धानको क्रममा शाह र खानलाई हत्यामा संलग्न रहेको पाइएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए। रु २५ हजारको आर्थिक लेनदेनको विषयमा विवाद हुँदा उनकै साथी पक्राउ परेका शाह र खानले गुप्ताको घाँटी थिची हत्या गरी टाउको काटेर टाउको जङ्गलमा र शव कवाडी राख्ने ठाउँमा फालेको प्रहरी अनुसन्धानको क्रममा थाहा भएको छ। भारत घर भई हाल नवलपरासीको देउराली–६ झ्यालबासमा बस्दै आएका व्रिजमोहन गुप्ता कवाडीको व्यापारमा संलग्न थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports