Incident Reports

बोक्सीको आरोपमा बृद्ध महिलामाथि निर्घात कुटपिट

2016-05-22

Lumbini, Dang, Shantinagar, Ward 7

दाङमा बोक्सीको आरोपमा एक बृद्ध महिलामाथि कुटपिट भएको छ। धनौरी १ चिलहरीया निवासी ६५ वर्षीया दिव्या चौधरीलाई स्थानीय अन्दाजी ३२ वर्षीय हरि चौधरीले कुटपिट गरी गम्भीर घाईते बनाएको प्रहरीले बताएको छ। कुटपिट गर्ने व्यक्ति भने फरार छन्। उनको खोजी भइरहेको प्रहरीले बताएको छ। ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी कृष्ण प्रसाँईले महिलामाथि कुटपिट भएको आरोप सहित किटानी जाहेरी आईतबार दिउँसो मात्रै प्रहरीमा आफन्तले दर्ता गराएको जानकारी दिए। पीडित दिब्या चौधरीले आफू र आफ्ना श्रीमान खुसीराम चौधरी गाइबस्तु चराउन गएको समयमा हरिले बोक्सी भन्दै एक्कासी मुक्काले संवेदनशिल अंगमा ताकेर आक्रमण गरेपछि आफू बेहोस भएर लडेको जानकारी दिइन्। दिब्याले भनिन् ‘हरि आएर किन मलाई बोक्सी लागिस् भनेर एकाएक कुटपिट गर्न थाल्यो, मेरो बुढा र अरू गोठालाले बल्लतल्ल छुटाए र बाँचे।’ हरिको आक्रमणवाट दिव्याको अनुहार र आँखामा गहिरो चोट लागेको छ। दिब्याको उपचारमा सम्लग्न राप्ती अञ्चल अस्पताल तुलसीपुरका डा. तुसार कुँवरका अनुसार उनको गालाको हड्डी फ्याक्चर भएको छ भने आँखामा गहिरो चोट छ। अस्पतालले दिब्यालाई थप उपचारका लागि भैरहवा वा काठमाडौंका लागि रेफर गरेको छ। आक्रमणको एक घन्टापछि दिव्यालाई बोक्सीको आरोपमा कुट्ने हरि फेरि दिव्याको घरमा तरवारसहित पुगेर काट्छु भन्दै गएको पीडित दिव्याले बताइन्। दिव्याले भनिन् ‘शनिबार साँझ ६ बजेतिर फेरि ऊ घरमै तरवार बोकेर आयो, म डरले ढोका थुनेर बसेँ तर उसले लात्ताले हानेर ढोका फोड्न खोज्यो, पछि मेरो छोरा र गाउँले आएर बचाए।’ दिव्याका छोरा ३५ वर्षीय कालुराम चौधरीले हरिलाई उसको दाईको छोरा प्रकाश चौधरी, छिमेकी केदार चौधरी र अन्य स्थानीय महिलाहरूले सम्झाई बुझाई फर्काएको जानकारी दए । हरि आफनो माईती जाँदै गर्दा सेतो विरालोले बाटो काटेपछि त्यो विरालो मेरी आमा अर्थात बोक्सीले नै भएको आरोप सहित तलवार लिएर घरमै ऊ काट्न आएको आफूलाई बताएको दिव्याका छोरा कालुरामले गुनासो गरे। कालुरामका अनुसार बोक्सीको आरोपमा कुटपिट गर्ने हरिले दाङ दुधरासका एकजना धामीसँग झारफुक गराएको र ती धामीले मेरो आमालाई बोक्सीको आरोप लगाएकोले आफू काट्न आएको र काटेर जेल जाने त्यसक्रमा बताउने गरेको कालुरामले जानकारी दिए। घटनाको जिल्लामा क्रियाशिल राजनीतिक दलदेखि अधिकारकर्मीहरुले विरोध गरेका छन् भने दोषीलाई कानुनी कारवाहीको माग गरेका छन् । दिब्याको आर्थिक स्थिती कमजोर रहेकोले उनलाई अस्पताले रेफर गरेको स्थान भैरहवा वा काठमाडौं लैजान मुस्किल परेको उनका छोरा कालुराम चौधरीले बताए। यसैविच दिब्याको उपचारमा सहयोग पुगोस भनेर अस्पताल पुगका केही व्यक्तिहरुले नगद सहयोग गरेका छन्। ओरेक नेपालकी पदमा चौधरीले चार हजार, वेस नेपालका आशा चौधरी र कल्पना चौधरीले जनही पाँच/च सय आर्थिक सहयोग गरेका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments

Related Reports