Incident Reports

विद्यालय व्यवस्थापन समितिको चुनावमा झडप, तीन सेल अश्रुग्यास प्रहार

2016-05-24

Madhes, Rautahat, Brindaban

विद्यालय व्यवस्थापन समितिको निर्वाचनका लागि रौतहटको विश्रामपुरमा दुई पक्ष बिच झडप भएको छ । झडपपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरेको छ । रौतहटको विश्रामपुरमा रहेको श्री नेपाल उच्च माध्यमिक विद्यालयमा व्यवस्थापन समितिको निर्वाचनका लागि अध्यक्ष पदका दुई उम्मेदवारबिच शुरु भएको विवादले उग्ररुप लिएपछि ढुंगा हानाहान भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गर्नुका साथै तिन सेल अश्रुग्यास प्रहार गरेको छ । व्यवस्थापन समितिको अध्यक्ष पदका उम्मेदवार जगन्नाथ सहनी र रामप्रवेश पटेल पक्षबिच विवाद भएको थियो । दुबै पक्षले एकअर्का माथी ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । ढुङ्गामुढाका क्रममा रमौलि बैरिया ३ का साधु सहनी, चिन्टु सहनी र वडा नम्बर। ६ का सुखल मुखिया सामान्य घाइते भएको समनपुर गाविसका लेखापाल कामेश्वर सहनीले बताए । ‘दुबै पक्षबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीका तर्फबाट दुई सेल र सशस्त्र प्रहरीले १ सेल अश्रुग्यास प्रहार गरेको हो,’ जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता नविन कृष्ण भण्डारीले भने, ‘एकअर्कालाई ढुङ्गा हान्न थालेपछि सामान्य बल प्रयोग गर्नु परेको थियो ।’ झडपका क्रममा प्रहरीलाई पनि चोट लागेको बताइएको छ । प्रहरीले बल प्रयोग गरेर स्थिति सामान्य बनाएपछि कडा सुरक्षाका बीच निर्धारित समय भन्दा झण्डै पाँच घण्टा ढिलो पुनः निर्वाचन प्रकृया शुरु भएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Group of civilians (only Target)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Group of civilians (only Target)
Actor 2 - Youth na
Total Injured 4
National/Online Media

0 Comments

Related Reports