Incident Reports

हुलाकी राजमार्ग अन्तरक्रियामा मोर्चाको कालोझण्डा, ७ पक्राउ

2016-05-24

Madhes, Rautahat, Chandrapur

तराई विकासको महत्वपूर्ण पूर्वाधार मानिएको हुलाकी राजमार्गबारे छलफल गर्न गौर आएको संसदको विकास समिति टोलीलाई मधेसी मोर्चा आवद्ध दलका जिल्ला नेताहरुले बिथोल्ने प्रयास गरेका छन्। रवीन्द्र अधिकारी सभापति रहेको संसदको विकास समिति टोली बडहरुवामा निर्माणाधीन सर्लाही—रौतहट जोड्ने बागमती पुलको निरीक्षणपछि हुलाकी राजमार्गबारे छलफल गर्न मंगलबार रौतहट सदरमुकाम गौर आइपुगेको हो। मंगलबार बिहान जिल्लामा हुलाकी सडक कसरी निर्माण गर्ने र अन्य विकास योजना कसरी अघि बढाउने भन्ने विषयमा अन्तरक्रिया भइरहँदा मोर्चा आवद्ध जिल्ला नेताहरुले अवरोध प्रयास गरेका हुन्। मोर्चाका जिल्ला नेताहरुले कालो झण्डा देखाएर नाराबाजी गर्दै छलफल बिथोल्ने प्रयास गरेका थिए। समिति टोलीलाई कालो झण्डा देखाएर कार्यक्रम भाँड्न खोजेपछि केही समय स्थिति असहज बन्यो। अवरोध गर्न खोज्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सद्‌भावनाका जिल्ला अध्यक्ष शेख जम्सेद, संघीय समाजवादी फोरमका जिल्ला उपाध्यक्ष धर्मेन्द्र पटेल, फोरम विद्यार्थी फ्रन्टका प्रकाश भाइ, तमलोपा नेता अनिल सिंह, फोरम नेतृ शोभा साह र लड्डुभाइ पटेल छन्। अवरोध गर्नेहरुलाई पक्राउ गरेपछि जिल्ला विकास समितिको हलमा कार्यक्रम सुचारु भएको छ। प्रहरी प्रमुख गणेश रेग्मीले विकास निर्माणबारेको छलफल कार्यक्रममा उच्छृङ्खल गतिविधि गर्ने केहीलाई पक्राउ गरिएको बताए। विकास निर्माणको काममा अवरोध पुर्याउन खोजेका कारण पक्राउ गरेको रेग्मीले नागरिकन्युजलाई बताए। टोलीमा सभापति अधिकारी सहित ६ जना सांसदहरु र हुलाकी राजमार्ग अायोजनाका दुई कर्मचारी छन्। सांसदहरु रामअयोध्या यादब, रामकुमार भट्टराई, रामचन्द्र पोखरेल, रञ्जनाकुमारी सरकार, राजेश्वेरी देवी तथा अजय शङ्कर नायक सहभागी छन्। कार्यक्रमलाई सम्बोधन गर्दै विकास समिति सभापति रवीन्द्र अधिकारीले अबको नेपालको राजनीति विकास केन्द्रित हुने उल्लेख गरे। यो वर्षदेखि सुरु हुने हुलाकी राजमार्गलाई ३ वर्षभित्र सम्पन्न गरिसक्ने उनको भनाइ थियो। एक दशक अघिदेखि भारत सरकारले निर्माण जिम्मा लिएको तराईको हुलाकी राजमार्ग अलपत्र अवस्थामा छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments