Incident Reports

​दलाल पक्रेकै दिन यातायात व्यवस्था कार्यालयमा तोडफोड

2016-05-24

Bagmati, Kathmandu, Kathmandu

यातायात व्यवस्था कार्यालय वागमती अञ्चलको एउटा भवनमा तोडफोड भएको छ । एक समूहमा आएका व्यक्तिले भवनमा तोडफोड गरेको र उनीहरुको पहिचान हुन नसकेको कार्यालय प्रमुख उमेश बस्नेतले जानकारी दिनुभयो । मंगलबार राति कार्यालयको १ नम्बर भवनको भूँइतल्लामा रहेका ९ वटा झ्यालको सिसामा तोडफोड भएको थियो । कार्यालयमा पुगेका सेवाग्राहीलाई अनावश्यक दुःख दिने १३ जना दलाललाई मंगलबार पक्राउ गरेकाले उनीहरुले नै आक्रमण गरेको हुनसक्ने कार्यालय प्रमुख बस्नेतले बताउनुभयो । प्रहरीले तोडफोडबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons None
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 14
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Totally damaged Vehicles 3
National/Online Media

0 Comments

Related Reports