Incident Reports

पति विदेशमा, पत्नी भगाउन छोराछोरीको हत्या

2016-05-27

Gandaki, Baglung, Baglung

गत वैशाख १४ गते आगलागीमा परी मृत्यु भएका भनिएका जिल्लाको बोहोरागाउँ–७ सानोजिरीका दुई बालबालिकाको हत्या भएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ। सन्तबहादुर घर्तीका ६ वर्षीया छोरी समुन्द्र घर्ती र ३ वर्षीय छोरा मनोज घर्तीको देविस्थान–४ का भीमबहादुर भण्डारीले हत्या गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ। घर्तीकी श्रीमती २३ वर्षीया कमला घर्तीसँग शारीरिक सम्बन्ध राख्दै आएका भण्डारीले घरमा कोही नभएका बेला हत्या गरी घरमा आगो लगाएको प्रहरीसामु बयान दिएका छन्। श्रीमान् वैदेशिक रोजगारका लागि मलेसिया गएका बेला कमलाले नाताले देवर पर्ने भीमबहादुरसँग अनैतिक सम्बन्ध राख्दै आएकी थिइन्। भागेर जाने प्रस्ताव राख्दा बालबच्चा छोडेर जान नमानेपछि आफूले योजनाबद्ध रुपमा कमलाका छोराछोरीलाई हत्या गरेको भीमबहादुरले स्वीकार गरेका छन्। 'अढाइ वर्षदेखि हाम्रो सम्बन्ध रहँदै आएको थियो, हामी भागेर जाने योजनामा थियौं', भीमबहादुरले भने, 'बालबच्चा छोडेर उनी मसँग जान नमानेपछि मैले घाँटी थिचेर हत्या गरेको हुँ।' उनले हत्यापछि घरका सबै ढोका थुनेर गहुँको नल ल्याई घरगोठमा आगो लगाइदिएको बताएका छन्। घटनापछि कमला र भीमबहादुर सँगै बस्दै आएका थिए। सुरुमा आगलागीका कारण बालबालिकाको मृत्यु भएको जनाइए पनि घटनाको अनुसन्धानपश्चात् योजनावद्ध रुपमा हत्या भएको पाइएको बागलुङका प्रहरी प्रमुख चक्रबहादुर सिंहले बताए। घटना हुनुअघि तीन दिनदेखि भीमबहादुर सोही घरमै बस्दै आएको र वैशाख १४ गते साँझ ६ बजे घरमा कोही नभएको अवसर छोपी हत्या गरेको प्रहरीले जनाएको छ। हत्याको समयमा बालबालिकाका हजुरबुबा, आमा घरबाहिर रहेको र आमा कमला पनि घाँस काट्न गएकी थिइन्। प्रहरीसँगको बयानमा भीमबहादुरले कमलासँग छोराछोरीको हत्याबारे कुनै कुरा नगरेको बताएका छन्। घरमा आगलागीपछि भीमबहादुर स्वयम् आफैँ छिमेकीसँग गुहार माग्न पुगेका थिए। गाउँले र प्रहरी मिलेर आगलागी नियन्त्रण गरेपछि दुई बालबालिकाको शव सोही घरको भग्नावशेषमा फेला परेको थियो। भीमबहादुरले हत्यापछि शव राखेकै ठाउँमा उनीहरुको शव फेला परेको प्रहरीको भनाइ छ। हत्या आरोपी भीमबहादुरले हत्या गरेर एक बच्चालाई खाटमुनि र अर्कोलाई खोपीमा राखेको जनाएका थिए। प्रहरीले महिनादिनसम्म अनुसन्धान गरेर घटनाको तथ्य पत्ता लगाएको हो। 'घटनामा संलग्न व्यक्तिबारे बुझ्दै जाँदा घटना शङ्कास्पद लागेपछि प्रहरीले अनुसन्धान थालेको हो', प्रहरी उपरीक्षक सिंहले भने, 'आरोपित कमलाका श्रीमान् सन्तबहादुरले पनि अनुसन्धानमा सघाएका छन्, उनकै उजुरीकै आधारमा प्रहरीले घटनामा संलग्न दुवैलाई मङ्गलबार राति नियन्त्रणमा लिएको छ।'
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Female Killed 1
Youth Killed 2
National/Online Media

0 Comments